कुमार भास्कर वर्मा सेतुमा पत्नीको जन्मदिन मनाएकोमा व्यवसायी पक्राउ
कुमार भास्कर वर्मा सेतुमा पत्नीको जन्मदिन मनाएकोमा व्यवसायी पक्राउ


गुवाहाटी, 23 जून (हि.स.)। ब्रह्मपुत्र नदीमा अवस्थित कुमार भास्कर वर्मा सेतुमा पत्नीको जन्मदिन मनाएर सोशल मीडियामा चर्चा बटुल्ने व्यवसायी गौतम बरुवालाई पुलिसले पक्राउ ग रेको छ। यस घटनाको भीडियो सोशल मीडियामा भाइरल भएपछि पुलिसले कारबाही गरेको हो।

पुलिस अनुसार गौतम बरुवाले आफ्नी पत्नी करबी बरूवा तथा अन्य साथीहरूसित पुलमाथि जन्मदिन समारोह आयोजना गरेका थिए। सार्वजनिक स्थानमा यस किसिमको आयोजन गरिएको तथा यातायात सुरक्षा नियमहरूको उल्लङ्घनलाई लिएर पुलिसले जाँच शुरू गरेको थियो।

मामिलामा पुलिसले गौतम बरुवा बाहेक उनकी पत्नी करबी बरुवा समेत मोठ 14 जना मानिसहरूलाई हिरासतमा लिएको छ। साथै समारोहमा उपयोग गरिएको व्यवसायीको वाहनलाई पनि जफत गरिएको छ।

सोशल मीडियामा भीडियो भाइरल भएपछि घटनालाई लिएर व्यापक प्रतिक्रिया आएको थियो जसपश्चात पुलिसले तत्काल कारबाही गर्दै सम्बन्धित मानिसहरूविरूद्ध कानूनी कदम उठायो।

गुवाहाटीका डीसीपी (ट्राफिक) जयन्त सारथी बरुवाले बताए, यातायात अनि सार्वजनिक सुरक्षा नियमहरूको उल्लङ्घन गरेको आरोपमा सम्बन्धित व्यक्तिहरूविरूद्ध आवश्यक कानूनी कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande