
गुवाहाटी, 23 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कार्बी आङ्गलोङ्ग स्वायत्त परिषद (केएएसी)- को 75औं स्थापना दिवसमा प्रदेशवासी विशेष गरी कार्बी आङ्गलोङ्गका मानिसहरूलाई हार्दिक शुभकामना एवं बधाई दिएका छन्।
मङ्गलवार सोशल मीडियामा साझा आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, परिषदको 75 वर्षको गौरवशाली यात्रा न्याय, समानता एवं जनसेवाका आदर्शहरूमाथि आधारित रहेको छ। उनले आशा व्यक्त गरे, विकास अनि जनकल्याणको यो यात्रा आगामी दिनमा अझ सशक्त हुनेछ।
मुख्यमन्त्रीले भने, कार्बी आङ्गलोङ्गको समृद्ध संस्कृति, परम्परा अनि जनजातीय गौरवले सदैव असमलाई अधिक समृद्ध बनाएको छ। उनले यस उपलब्धिलाई क्षेत्रका मानिसहरूको धरोहर, दृढ़्ता तथा आकाङ्क्षाहरूको प्रतीक बताए।
डा. सरमाले परिषदको निरन्तर प्रगति तथा क्षेत्रका मानिसहरूको सुख-समृद्धिको कामना गर्दै भने, परिषदले भविष्यमा पनि शान्ति, विकास अनि सर्वसमावेशी सशक्तिकरणलाई अगाड़ि बढ़ाउनमा महत्वपूर्ण भूमिका निभाइरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा