
गुवाहाटी, 23 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मङ्गलवार महान राष्ट्रवादी नेता, प्रखर शिक्षाविद् एवं जनसङ्घका संस्थापक डा. श्यामा प्रसाद मुखर्जीको बलिदान दिवसमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, डा. मुखर्जीले राष्ट्रको एकता, अखण्डता तथा राष्ट्रिय स्वाभिमानको रक्षा गर्नका लागि आफ्नो सम्पूर्ण समर्पित गरेका थिए। उनले भने, ‘राष्ट्र सर्वोपरी’- को आदर्शलाई लिएर डा. मुखर्जीले जुन अपराजेय सङ्घर्ष, त्याग अनि अटुट राष्ट्रनिष्ठाको परिचय दिए, त्यसले भावी पिँढ़ीलाई सदैव प्रेरित गरिरहनेछ।
डा. सरमाले भने, भारत माताको सेवाका लागि समर्पित डा. श्यामा प्रसाद मुखर्जीको जीवन देशवासीहरूका लागि सदैव प्रेरणाको उज्जवल श्रोत बनिरहनेछ। उनले उनको बलिदान दिवसमा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई स्मरण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा