किशोरीसित दुष्कर्म तथा हत्याको मामिला, आरोपी पक्राउ
किशोरीसित दुष्कर्म तथा हत्याको मामिला, आरोपी पक्राउ


नयाँ दिल्ली, 23 जून (हि.स.)। दिल्लीको महरौली क्षेत्रमा फुटपाथमा परिवारसित सुतिरहेकी एकजना किशोरीलाई अपहरण गरी उसित कथित रूपमा दुष्कर्म गरिसकेपछि उसको हत्या गरिएको मामिला प्रकाशमा आएको छ। दिल्ली पुलिसले आरोपीलाई पक्राउ गरेको छ।

पुलिस अनुसार घटना गए सोमवार सवेरै 05:30 बजे भएको हो। यस अवधि पीड़ित किशोरीलाई आरोपीले आफूसित लिएर गयो। बिहान उ हराएको खाहा लाग्नसाथ परिवारजनले पुलिसलाई सूचना दियो। पुलिस टीमले घटनास्थलमा पुगी तत्काल जाँच शुरू गऱ्यो। शुरूआती सूचनामा एकजना क्याब चालकले किशोरीलाई लिएर गएको शङ्का व्यक्त गरिएको थियो। त्यसपछि पुलिसले क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गऱ्यो। फोरेन्सिक विशेषज्ञहरूलाई पनि जाँचमा सामेल गरियो। जाँचमा पुलिसले मेहरौली तथा हरियामा तर्फ जाने बाटोको सीसीटीभी क्यामराको फुटेज जाँच गऱ्यो। तकनिकी प्रमाण तथा स्थानीय स्तरमा जुटाइएको जानकारीको आधारमा पुलिसले आरोपीलाई चिन्हित गर्न सफल भयो।

एकजना वरिष्ठ पुलिस अधिकारीले बताए, सीसीटीभी फुटेज र स्थानीय गुप्तचरको सूचनाको आधारमा आरोपीको बारेमा पत्तो लगाएर गए सोमवार अबेर राती उसलाई पक्राु गरियो। हाल आरोपीसित गहन जाँचबुझ गरिंदैछ। यसबीच बालिकाको शव दिल्ली-गुरुग्राम सीमाको छेउमा अवसस्थित जङ्गलबाट उद्धार गरियो। शवलाई पोस्टमर्टम ग्रनको लागि पठाइएको छ।

आरोपीविरूद्ध भारतीय न्याय संहिता (बीएनएस) औ पोक्सो एक्टका सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। मङ्गलवार बालिकाको परिवारजन सफदरजङ्ग अस्पतालमा पुगे जहाँ पोस्टमर्टम र अन्य कानूनी औपचारिकताहरू पूरा गरिँदैछ।

पुलिसको मान्यता छ, पोस्टमर्टम रिपोर्टबाट मृत्युको कारण तथा घटनासित सम्बन्धित अन्य महत्वपूर्ण तथ्यहरूको खुलासा हुनेछ। उनीहरूको टीमले यो पनि जाँच गरिरहेको छ कि यस जघन्य अपराधमा आरोपी बाहेक अन्य कुनै व्यक्तिहरू पनि सामेल छन् कि छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande