स्कूलहरूमा ध्यान दिने सरकारसित अपील
स्कूलहरूमा ध्यान दिने सरकारसित अपील


इटानगर, 23 जून (हि.स.)। अरुणाचल प्रदेशको राजधानी इटानगरको वार्ड नम्बर 13- का कर्पोरेटर तामुक तगियाङ्गले आज सरकारी उच्च माध्यमिक विद्यालय, पुरोइक कलोनी, पापू नालाको दौड़ाह गरे। यस अवधि स्कूलको खस्किँदो स्थितिलाई मध्यनजर गर्दै राज्य सरकार अनि सम्बन्धित अधिकारीहरूसित स्कूलमा तुरून्तै सुधार ल्याउने अपील गरे।

कर्पोरेटरले बताए, स्कूलको आधारभूत ढाँचाको अत्यन्त दयनीय अवस्था छ, विशेष गरी मनसुनको मौसममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षामाथि चिन्ता व्यक्त गर्दै उनले भने, घना वर्षाको कारणले हुने नोक्सानलाई रोक्नको लागि स्कूलमा तुरून्तै रिटेनिङ्ग वाल (सुरक्षा पर्खाल) बनाउने अनि आवश्क मरम्मत गर्न आवश्यक छ। किनभने यस मौसममा बाढ़ी आउनाले नदीको पानी स्कूलभित्र पस्छ।

तगियाङ्गले मुख्यमन्त्री, मेयर, स्थानीय विधायक औ सम्बन्धित विभागीय अधिकारीहरूसित स्कूलको भ्रमण गरी समस्याहरूको समाधान गर्नका लागि तत्कालै कदम उठाउने आग्रह गरे। उनले यस कुरामाथि पनि बल दिए, विद्यार्थीहरूको लागि सुरक्षा अनि पढ़ाईको अनुकूल परिवेश सुनिश्चित गर्नको लागि समयमा कदम उठाउन आवश्यक छ।

उनले भने, शिक्षा हाम्रो भविष्यको आधार हो, हाम्रा नानीहरू एक सुरक्षित तथा सही ढङ्गले बनाइएको स्कूलको हकदार छन्। सुरक्षित पर्खालको निर्माण अनि स्कूलको पूर्वाधारमा सुधारलाई प्राथमिकता दिइनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande