
नयाँ दिल्ली, 23 जून (हि.स.)। भारतीय जनसङ्घका संस्थापक, प्रखर राष्ट्रवादी चिन्तक औ शिक्षाविद् डा. श्यामा प्रसाद मुखर्जीको 73औं बलिदान दिवसमा दिल्ली भाजपाले मङ्गलवार दिल्ली गेटको छेउमा अवस्थित उनको स्मृतिस्थलमा कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्नको साथै स्मृति स्थलमा वृक्षरोपण पनि गऱ्यो।
भाजपाका राष्ट्रिय सङ्गठक एवं वरिष्ठ नेता वी. सतिश, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, प्रदेश सङ्गठन महामन्त्री पवन राणाले प्रदेश महामन्त्री विष्णु मित्तलद्वारा सञ्चालित कार्यक्रममा डा. श्यामा प्रसाद मुखर्जीको प्रतिमामा पुष्पाञ्जली अर्पण गरी ठूलो सह्ख्यामा भेला भएका कार्यकर्ताहरूलाई सम्बोधन गरे।
डा श्यामा प्रसाद मुखर्जीको जीवन र उनीद्वारा गरिएका कार्यहरूको वर्णन गर्दै वी. सतिशले भने, डा. मुखर्जीको जीवन भारतको एकता, अखण्डता औ सांस्कृतिक राष्ट्रवादको लागि समर्पित रह्यो। तर दुर्भाग्यपूर्ण के छ भने स्वतन्त्रता पश्चात लामो समयसम्म एक विशेष राजनीतिक विचारधाराको प्रभावमा डा. श्यामा प्रसाद मुखर्जी जस्ता महान राष्ट्रनायकहरूको योगदानलाई त्यो सम्मान प्राप्त भएन जसको उनीहरू अधिकारी थिए। डा. मुखर्जीका विचार, सङ्घर्ष र बलिदानलाई पनि इतिहासको मुख्य प्रवाहदेखि टाड़ा राख्ने प्रयास गरियो।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, आजको जिन सनसङ्घ स्थापना गर्ने पुण्य आत्माको दिन हो जो आज भाजपाको रूपमा सारा देशलाई छाया दिने काम गरिरहेको छ।उनले भने, डा श्यामा प्रसाद मुखर्जीको जीवन हाम्रो लागि प्रेरणादायी छ। आज राष्ट्र प्रथमको भावना बोकेर हामी सबैले काम गरिरहेका छौं, तर त्यस भावनालाई जन्म दिने डा. श्यामा प्रसाद मुखर्जी थिए। उनले सबैसित देशहितमा दिएका डा. मुखर्जीका सन्देशहरूलाई अगाड़ि बढ़ाउनेछौं भनी प्रण लिने आग्रस समेत गरिन्।
दिल्ली भाजपा अध्यक्ष एवं केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्राले भने, डा. श्यामा प्रसाद मुखर्जी जसले सदैव राष्ट्र प्रथमको सोच बोकेर काम गर्थे,- ले त्यसताकै भारतलाई आत्निर्भर बनाउने आह्वान गरेका थिए।
यस अवसरमा केन्द्रिय राज्य मन्त्री दुर्गादास उइके, सांसद मनोज तिवारी, योगेन्द्र चाँदोलिया, बाँसुरी स्वराज, स्वाति मालीवाल एवं गजेन्द्र पटेल, दिल्ली सरकारका मन्त्री डा. पङ्कज सिंह एवं रविन्द्र इन्द्राज सिंह, दिल्ली जलबोर्ड उपाध्यक्ष सतिश उपाध्याय, दिल्लीका मेयर प्रवेश वाही, पूर्व अध्यक्ष विजय गोयल अतिरिक्त अनेकौं वरिष्ठ नेता, प्रदेश एवं जिल्ला पदाधिकारी, विधायक अनि निगम पार्षदहरू बलिदान दिवस कार्यक्रममा सम्मिलित भएर श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा