
कामरूप (असम), 23 जून (हि.स.)। कामरूप (ग्रामीण) जिल्लाको सोनतलीमा भएको सड़क दुर्घटनामा आठ जना मानिसहरू घाइते भए जसमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
पुलिसले मङ्गलवार बतायो, सोनतली क्षेत्रमा सोनतलीदेखि कलातली तर्फ गइरहेको बाइक अनि विपरीत दिशाबाट आइरहेको ई-रिक्शा आपस्तमा ठोक्किँदा बाइक सवार दुई जना तथा ई-रिक्शा सवार 6 जना मानिसहरू घाइते भए।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले सबै घाइतेहरूलाई उपचारको निम्ति सोनतली प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्यायो जहाँबाट गम्भीर रूपमा गाइते महिबुल इस्लामलाई चिकित्सकहरूले उन्नत चिकित्साको लागि गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा पठाइदिएका छन्।
पुलिसले दुर्घटनामा सामेल दुवै वाहनहरूलाई जफत गरेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको गम्भीर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा