
कामरूप (असम), 23 जून (हि.स.)। कामरूप जिल्लाको चानडुबी क्षेत्रस्थित राजापारामा एक पीड़ादायी दुर्घटना भयो जसमा एउटा रूख ढलेर पिता अनि तिनका आठ वर्षीय पुत्रको घटनास्थलमै मृत्यु भयो।
मृतकहरूको पहिचान कार्तिक राभा र उनका आठ वर्षीय पुत्र भृगुमणि राभाको रूपमा गरिएको छ। बताइएको छ, दुवै पिता-पुत्र एउटा स्कुटीमा सवार भएर आफन्तको घरमा गइरहेका थिए। यसै अवधि बाटोमा अचानक एउटा रूख ढलेर उनीहरूमाथि झऱ्यो जसले गर्दा उनीहरू गम्भीर रूपमा घाइते भए अनि क्षणभरमै उनीहरूको घटनास्थलमै मृत्यु भयो
घटनापछि सम्पूर्म क्षेत्रमा शोक फैलिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा