
कोलकाता, 23 जून (हि.स.)। नदिया जिल्ला अन्तर्गत करिमपुरमा गए सोमवार अबेर राती तृणमूल नेता टिना भौमिक साहाको पैतृक घरमा पुलिसले छापामारी गरेर लगभग तीन किलो सुनको गहना जफत गरेको छ। यो कारबाही पश्चिम बङ्गाल पुलिसको टीमले करिमपुर थाना पुलिससित मिलेर गरेको हो।
पुलिस मुताविक जफत गरिएको सुनको बजार मूल्य लगभग 4 करोड़ 39 लाख रुपियाँ रहेको छ। यो घर टिना भौमिक साहाका पिता कञ्चन भौमिकको नाममा छ।
यस मामिलामा पहिलाबाटै पक्राउ पूर्व तृणमूल विधायक सव्यसाची दत्तालाई पनि सोमवार राती त्यहाँ लगियो। उनलाई गत 8 जूनको दिन अवैध असुलीको आरोपमा पक्राउ गरिएको थियो।
जाँच गर्दा पुलिसलाई शङ्का लागेको छ, अवैध असुलीको पैसाले सुन खरिद गरेको थियो। यसअघि सव्यसाची दत्ताको फ्ल्याट र ब्याङ्क लकरबाट पनि लगभग साढ़े तीन किलो सुन जफत गरिएको थियो।
साथै सव्यसाची दत्ता र उनकी पत्नी इन्द्राणी दत्ताको ब्याङ्क खाताहरूलाई फ्रीज गरी 3 करोड़ 70 लाख रुपियाँ नगद अनि सम्पत्ति जफत गरिएको छ।
यसअघि पुलिसले टिना भौमिक साहालाई जाँचबुझको लागि बोलाएको थियो, तर उनी पेश भइनन्। हाल पुलिसले जफत गरिएको सुन र अन्य सम्पत्तिहरूको श्रोतको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा