जुबिन हत्याकाण्डः सन्दीपन गर्गको जमानत याचिकामाथि 15 जुलाईमा सुनवाई हुने
जुबिन हत्याकाण्डः सन्दीपन गर्गको जमानत याचिकामाथि 15 जुलाईमा सुनवाई हुने


गुवाहाटी, 23 जून (हि.स.)। जुबिन गर्गको मृत्यु मामिलामा जेलमा थुनिएका जुबिन गर्गका भाइ (काकाको छोरा) सन्दीपन गर्गको जमानत याचिकामाथि मङ्गलवार गौहाटी उच्च न्यायालयमा सुनवाई पूरा हुन सकेन। मामिलाको अग्रिम सुनवाई आगामी 15 जुलाईमा हुनेछ।

सुनवाईमा न्यायाधीशले सन्दीपन गर्गको पक्षबाट पेश अधिवक्ताका तर्कहरू सुने। तथापि सुनवाई पूर्ण हुन नसकेको कारणले मामिलालाई आगामी तिथिसम्मको लागि स्थगित गरियो।

अब आगामी 15 जुलाईमा न्यायालयले सरकारी अधिवक्ताका तर्कहरू सुन्नेछ। त्यसपछि जमानत याचिकामाति अग्रिम कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande