
अररिया, 23 जून (हि.स.)। बिहारको अररिया जिल्लाको जोकीहाट थाना पुलिसले हिजो राति ठूलो कारबाही गर्दै पथराबाड़ीरी-भेलागञ्ज सडक स्थित अर्ध-निर्मित घरबाट विभिन्न ब्रान्डका 340.50 लीटर विदेशी रक्सी जफत गरेको छ।
यस रात्रि गस्तीको क्रममा पुलिसले दुई तस्करलाई पक्राउ गरेको छ र एउटा चार चक्के सवारी साधन र एउटा मोटरसाइकल पनि जफत गरेको छ।
जोकीहाट थानाध्यक्ष राजीव कुमार झाले घटनामा थप कानूनी कारबाही भइरहेको बताए। पक्रा परेका दुई तस्करसँग सोधपुछ भइरहेको छ र उनीहरूको सम्बन्धको अनुसन्धान भइरहेको छ।
उनले भने, बिहार रक्सी निषेध एवं उत्पाद अधिनियम अन्तर्गत जोकीहाट पुलिस थानामा मुद्दा दर्ता गरिएको छ र पक्रा परेका दुवै तस्करलाई जेल पठाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी