अग्निकाण्ड पीड़ितहरूलाई सहयोग गर्नको लागि भाजपाले हरसम्भव कदम उठाउनेछः हर्ष मल्होत्रा
अग्निकाण्ड पीड़ितहरूलाई सहयोग गर्नको लागि भाजपाले हरसम्भव कदम उठाउनेछः हर्ष मल्होत्रा


नयाँ दिल्ली, 23 जून (हि.स.)। दिल्ली गेट वार्डस्थित बाल्मीकि बस्तीमा हिजो राती शर्ट सर्किटबाट लागेको आगोले धेरै वटा परिवारहरूको घर अनि पसलहरूलाई नोक्सान पुऱ्यायो। यस दुःखदायी घटना पश्चात मङ्गलवार दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, क्षेत्रीय सांसद प्रवीण खण्डेलवाल, चाँदनी चौक जिल्लाध्यक्ष अरविन्द गर्ग एवं दिल्ली भाजपा कार्यालय सह प्रमुख अमित गुप्ताले घटनास्थलमा पुगेर पीड़ित परिवार अनि पसलेहरूसित भेट गरी राहत कार्यहरूमा सहयोग गरे।

यस अवसरमा हर्ष मल्होत्राले भने, शर्ट सर्किटको कारणले भएको आगलागीमा 15 परिवार बेघर भए। यी परिवारहरूले आफ्नो घर तथा अन्य सामानहरू सबै गुमाएका छन्। उनीहरूको दुःखमा भाजपा उनीहरूको साथमा छ। आगोले यी परिवारहरूको घर एवं पसललाई प्रभावित पारेको छ, तर सङ्कटको यस घड़ीमा भाजपा कार्यकर्ता अनि सरकार पीड़ितहरूलाई हरसम्भव सहयाता गर्नको लागि प्रतिबद्ध छ।

उनले भने, स्थानीय कार्यकर्ताहरूद्वारा प्रभावित परिवारहरूको लागि बस्ने व्यवस्था, राशन, कपड़ा एवं आवश्यक सामग्री उपलब्ध गराइँदैछ। आगामी दिनमा पनि पीड़ित परिवारहरूको आवश्यकतालाई ध्यानमा राख्दै हरसम्भव सहायता गर्न जारी राखिनेछ।

दिल्ली भाजपा प्रवक्ता प्रवीण शङ्कर कपूरले आरोप लगाउँदै भने, यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो कि क्षेत्रीय विधायक आले मोहम्मद हिजो राती भएको घटनाबाट प्रभावित हिन्दू परिवार एवं लगभग 15 जना पसलेहरूसित भेट गर्न अथवा सहायता गर्नका लागि आज अपरान्हसम्म पनि आइपुगेका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande