
नयाँ दिल्ली, 23 जून (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी) काे केशव पुरम जोनको पशु चिकित्सा सेवा विभागद्वारा अवैध डेयरी गतिविधि एवं अनधिकृत पशुपालनमाथि रोक लगाउने उद्देश्यले मङ्गलवार शालीमार बागको छेउमा हैदरपुर नहर क्षेत्र अनि सकुरपुर के-ब्लकको छेउमा एनएसपी क्षेत्रमा एक विशेष प्रवर्तन अभियान स़ञ्चालन गरियो। यो कारबाही नगरनिगमका नियमहरूको अनुपालनलाई सुनिश्चित गर्ने अनि जनस्वास्थ्य एवं स्वच्छता मानकहरूलाई कायम राख्नको लागि एमसीडीको निरन्तर प्रयासको एक भाग हो।
एमसीडीलाई प्रवर्तन अभियान अवधि एउटा अवैध डेयरी सञ्चालन गरेको थाहा लाग्यो भने एकजना व्यक्तिलाई अनधिकृत रूपमा पशुपालन गतिविधिहरूमा संलिप्त रहेको पाइयो। यो अभियान केशव पुरम जोन एवं रोहिणी जोनको पशु चिकित्सा सेवा विभागद्वारा संयुक्त रूपमा सञ्चालन गरियो जुन शहरको सीमाभित्र सञ्चालित अवैध डेयरी प्रतिष्ठानहरूविरूद्ध समन्वित प्रवर्तन कारबाहीको उदाहरण हो।
निगमले कारबाही अन्तर्गत अवैध डेयरी गतिविधिहरूमा उपयोग गरिएका दुई वटा मोटरसाइकल र केही दूधका ड्रमहरूलाई जफत गऱ्यो। यस अतिरिक्त 11 वटा पशुहरूलाई कब्जामा लियो जसमा 6 वटा बाछा-बाछी र 5 वटा गाई सामेल छन्।
एमसीडीले लगातार अवैध डेयरी सञ्चालनविरुद्ध कड़ा कारबाही गर्दै आइरहेको छ। नागरिकहरूसित स्वच्छ, सुरक्षित एवं स्वस्थ शहरी वातावरणलाई कायम राख्नमा प्रशासनलाई सहयोग गर्ने अपील गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा