
जलपाईगुड़ी, 23 जून (हि.स.)। केही दिनअघि जिल्लाको मयनागुड़ी छेउमा भएको बस दुर्घटनामा 6 जना मानिसहरूको ज्यान गएको थियो जसमा एकजना बालक पनि सामेल थियो तथापि राज्यका मुख्यमन्त्रीले मृतकहरूका परिवारहरूको लागि आर्थिक सहायता दिने घोषणा गरेका छन्। यो दर्घटना त्यसबेला भएको थियो जतिबेला राज्यमा विकासको रोडम्याप पेश गर्ने तयारी भइरहेको थियो। यस्तो स्थितिमा यो दुर्घटनाले धेरै वटा प्रश्न उठाउँछ, विशेष गरी यात्री सुरक्षा र परिवहन व्यवस्थालाई लिएर। मृतक सबै यात्रीहरू उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी)- को बसमा सवार भएका थिए। हरेक दुर्घटनापछि जाँच गर्ने घोषणा गरिन्छ जसबाट केही समयको लागि जनाक्रोश शान्त हुन्छ।
यस मामिलामा पनि दुर्घटना भएको तुरून्तैपछि वर्तमान एनबीएसटीसी अधिकारीहरूले चालकलाई क्लीन चिट दिए जसले शङ्का उत्पन्न गर्छ। किनभने अधिकांश यात्रीहरूले चालकमाथि नै लापरवाही गरेको आरोप लगाएका छन्। कतिपयको भनाइ छ, चालक पूर्ण रूपमा स्वस्थ थिएन। कतिपयले बसको द्रूत गतिलाई दुर्घटनाको कारण बताएका छन्।
अस्पतालमा भर्ती यात्रीहरू अनुसार उनीहरूले कैयौं पटक चालकलाई गति घटाउने अनुरोध गरे, यहाँसम्म कि बसलाई रोकेर उसलाई आराम गर्ने सल्लाह पनि दिइएको थियो, तर उसले कसैले भनेको सुनेन। यद्यपि पुलिसले पक्राउ गरेपछि चालकले आफूलाई निर्दोष बताउँदै बसमा तकनिकी खराबी रहेको बतायो।
कण्डक्टरको भनाइ छ, टायर फाटेको कारमले बस अनियन्त्रित भयो।
यदि तकनिकी खराबीको कुरा सही हो भने एनबीएसटीसीको जिम्मेवारीमाथि पनि प्रश्न उठ्छ।
भनिन्छ, दुर्घटनाग्रस्त बस दुई वर्ष मात्र पुरानो थियो। त्यसैले बसको फिटनेस र देखरेखलाई लिएर प्रश्न उठ्नु स्वभाविक हो।
हालैमा परिवहन राज्य मन्त्री आनन्दमय बर्मनले घोषणा गरेका छन्, अब बस चलाउनअघि चालकको शारीरिक तथा मानसिक जाँच गरिनेछ। तर यो पनि प्रश्न छ, के एनबीएसटीसीसित यति धेरै सङ्ख्यामा चालकहरूको नियमित जाँच गर्ने पर्याप्त संसाधन र व्यवस्था छ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा