असमका 6 वटा जिल्लाहरूमा उद्योगहरूले पाउनेछन् प्राकृतिक ग्यासको आपूर्ति, ऐतिसाहिक सम्झौता सम्पन्न
असमका 6 वटा जिल्लाहरूमा उद्योगहरूले पाउनेछन् प्राकृतिक ग्यासको आपूर्ति, ऐतिसाहिक सम्झौता सम्पन्न


गुवाहाटी, 23 जून (हि.स.)। असमको औद्योगिक औ वाणिज्यिक क्षेत्रको लागि मङ्गलवारको दिन ऐतिहासिक साबित भयो। राज्य सरकारको औद्योगिक विकास पहल अन्तर्गत पहिलो पटक माथिल्लो असममा उत्पादित प्राकृतिक ग्यासलाी नर्थ-इस्ट ग्यास ग्रिडको माध्यमबाट असमको उत्तरी तटवर्ती क्षेत्र हुँदै बाइहाटा चारिआलीसम्म पुऱ्याइनेछ। भविष्यमा यस आपूर्तिलाई गुवाहाटी तथा राज्यका अन्य भागहरूमा पनि विस्तातिर गर्ने योजना छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्व तथा सदिया विधानसभा क्षेत्रका विधायक एवं नर्थ-इस्ट ग्यास डिस्ट्रीब्यूशन कम्पनी लिमिटेड (एनईजीडीसीएल)- का अध्यक्ष बोलिन चेतियाको मार्गदर्शनमा यस महत्वपूर्ण उपलब्धिलाई हासिल गरिएको छ। यो पहललाई राज्यमा उद्योग अनि वाणिज्यिक प्रतिष्ठानहरूलाई स्वच्छ, सस्तो और विश्वसनीय ऊर्जा उपलब्ध गराउने दिशामा एउटा ठूलो कदम मानिँदैछ।

एलपीजी आपूर्ति सङ्कटसित जुझिरहेका उद्योग अनि व्यवसायिक प्रतिष्ठानहरूको लागि यो परियोजनाले ठूलो राहत लिएर आएको छ। प्रारम्भिक चरणमा दरङ्ग, उदालगुड़ी, शोणितपुर, बिश्वनाथ, लखिमपुर औ धेमाजी जिल्लाका औद्योगिक एवं वाणिज्यिक उपभोक्ताहरूलाई यसको लाभ प्राप्त हुनेछ।

अधिकारीहरू अनुसार यी जिल्लाहरूको उद्योग तथा व्यवसायहरूलाई घरेलु स्तरमा उत्पादित प्राकृतिक ग्यास उपलब्ध हुने इन्धन लागतमा कमी आउनेछ अनि पर्यावरण अनुकूल औद्योगिक विकासलाई प्रोत्साहन पाउनेछ। यो पहल असमलाई उद्योग-अनुकूल औ दिगो विकासरूपी राज्यको रूपमा स्थापित गर्नमा सहायक हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande