म्यानमारका मीडिया संस्थानहरूमाथि लगाइएको प्रतिबन्धलाई हटाउने पीईसीको माग
म्यानमारका मीडिया संस्थानहरूमाथि लगाइएको प्रतिबन्धलाई हटाउने पीईसीको माग


गुवाहाटी, 23 जून (हि.स.)। वैश्विक मीडिया सुरक्षा एवं अधिकार सङ्गठन प्रेस एम्बलम क्याम्पेन (पीईसी)-ले म्यान्मारको सैन्य-नियन्त्रित सरकार द्वारा 97 वटा मीडिया संस्थानहरूमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकारको प्रतिबन्ध, लाइसेन्स निरस्तीकरण औ नियन्त्रणात्मक कदमहरूलाई तत्काल फिर्ता लिने माग गरेका छन्।

हालैमा म्यान्मारका थप तीन वटा मीडिया संस्थानहरू क्रमैले म्याएलाट अथान, रेड न्यूज एजेन्सी औ एशिया सिटिजन्सको परिचालन लाइसेन्स रद्द गरिएको खबरमाथि प्रतिक्रिया व्यक्त गर्दै पीईसीले नायपितास्थित सरकारसित सबै मीडिया सङ्गठनहरूलाी स्वतन्त्र अनि निष्पक्ष वातावरममा कार्य गर्ने अनुमति दिने आग्रह गऱ्यो।

पीईसीका दक्षिण एवं दक्षिण-पूर्व एशिया प्रतिनिधि नव ठाकुरियाले आज भने पीईसीका अध्यक्ष ब्लेज लेम्पेनले सबै स्वतन्त्र मीडिया संस्थानहरू अनि प्रकाशन गृहहरूलाई कुनै प्रकारको हस्तक्षेप नगरी आफ्नो कार्य गर्ने स्वतन्त्र दिने अपील गरेका छन्। उनले भने, म्यान्मारको इण्डिपेन्डेन्ट प्रेस कउन्सिल अनुसार देश प्रेस स्वतन्त्रतामाथि प्रतिबन्धको मामिलामा विश्वका सबैभन्दा निच देशहरूमा सामेल छ। उनले नव-नियुक्त राष्ट्रपति मिन आङ्ग ह्लाइङ्गसित मीडियामाथि लगाइएको सबै प्रकारका प्रतिबन्धहरूलाई हटाउने पहल गर्ने आह्वान गरे।

नव ठाकुरियाले आज यहाँ भने, 1 फरवरी, 2021-मा सैन्य सत्ता परिवर्तन भएदेखि अहिलेसम्ममा 215 जनाभन्दा अधिक मीडियाकर्मीहरूलाई पक्राउ गरिसकिएको छ जसमध्ये 18 जना पत्रकारहरू अहिले पनि हिरासतमै छन्। उनले यो पनिबताए, अभिव्यक्तिको स्वतन्त्रतालाई प्रेरित गर्ने अलाभकारी सङ्गठन अथान अनुसार वर्ष 2026-को पहिलो त्रैमासिकमा सैन्य शासनद्वारा कुनै पनि पत्रकारलाई पक्राउ गरेको सूचना प्राप्त भएको छैन। सङ्गठनको आँकड़ा अनुसार मार्च, 2026 सम्ममा आम माफी अन्तर्गत सात जना पत्रकारहरूलाई रिहा पनि गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande