
गान्तोक, 23 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहान राजधानीस्थित मिन्तोकगाङमा झण्डा देखाएर एम्बुलेन्सहरूको शुभारम्भ गरे। यस अवसरमा राज्यसभा सांसद डीटी लेप्चा, ओएल इन्डिया लिमिटेड, कोलकाताका सीएसआर प्रमुख अजय कुमार वाजिर तथा डब्ल्यूई फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति थियो।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जानकारी गराउँदै सांसदको पहलमा भारतीय ओएल निगम लिमिटेडले आफ्नो सीएसआर पहलअन्तर्गत उपलब्ध गराइएका यी एम्बुलेन्सहरू पाकिम जिल्लालाई हस्तान्तरण गरिएको छ, जसले स्वास्थ्य सेवा तथा आकस्मिक चिकित्सा प्रतिकार्यलाई अझ सुदृढ़ बनाउन मद्दत गर्ने बताएका छन्।उनले सांसद डीटी लेप्चा तथा भारतीय ओएल निगम लिमिटेडप्रति यस उदार योगदानका लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। यस पहलले जिल्लाको स्वास्थ्य पूर्वाधारलाई उल्लेखनीय रूपमा सुदृढ़ तथा विस्तार गर्न सहयोग पुर्याउनेछ र पाकिमका जनताले प्रत्यक्ष लाभ प्राप्त गर्नेछ भनी उनले विश्वास व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल