
सिलगढ़ी, 23 जून (हि.स.)। सिलगढ़ी नगरनिगममा प्रशासकको रूपमा नियुक्त आईएएस अधिकारी आर. विमलाले मङ्गलवार आधिकारिक रूपमा कार्यभार ग्रहण गरिन्। बिहान लगभग एघार बजे नगरनिगम कार्यालयमा पुगेकी आर. विमलालाई आयुक्त अश्विनीकुमार राय सहित अन्य अधिकारी अनि कर्चारीहरूले फूलगुच्छा प्रदान गरी स्वागत गरे। पछि भाजपा पार्षद अमित जैन लगायत अन्य जनप्रतिनिधिहरूले पनि उनलाई अभिनन्दन गरे।
कार्यभार ग्रहण गर्नसाथ आर. विमलाले अधिकारीहरूसित बैठक गरिन्। उनले स्पष्ट पारिन्, बर्खा मासलाई ध्यानमा राकेर शहरमा जलभराउको समस्या समाधान गर्नको लागि सर-सफाईमाथि विशेष बल दिइनेछ। साथै पिउने पानी र स्वास्थ्य सेवाहरूलाई पनि प्राथमिकता दिइनेछ। उनले भनिन्, सबैको सहयोगबाट कामलाई अगाड़ि बढा़इनेछ।
आर. विमला यसअघि सिलगढ़ी-जलपाईगुड़ी डेभलपमेन्ट अथोरिटी (एसजेडीए)- की सीईओ रहिसकेकी छन्। यस अतिरिक्त उनले मालदा, कालेबुङ, अलिपुरद्वारका जिल्लाधिकारीको रूपमा पनि आफ्नो दायित्व निर्वाह गरिसकेकी छन्। एकजना कुशल तथा अनुभवी अधिकारीको रूपमा उनको पहिचान साथै सिलगढ़ी शहरसित पनि उनको राम्रो परिचय रहिआएको छ।
स्मरण गाराइन्छ, गत शुक्रवार सिलगढ़ीका मेयर गौतम देवले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि तृणमूल कङ्ग्रेसभित्र भुइँचालो नै आएको थियो। डिप्टी मेयर रञ्जन सरकारलाई मेयर र सञ्जय पाठकलाई डिप्टी मेयर बनाएर नयाँ बोर्ड बनाउने प्रयास गरियो। तथापि यस पहलको विरोध गर्दै चार जना तृणमूल पार्षदहरूले राजीनामा दिए। तथापि तृणमूल कङ्ग्रेसले बोर्डलाई कायम राख्ने प्रयासलाई जारी राख्यो। सोमवार निर्धारित समय-सीमाभित्र 24 जना पार्षदहरूले पत्र दिएर बोर्ड गठन गर्ने इच्छा व्यक्त गरे। तर केही घण्टाभित्रै शहरी विकास विभागले नगरनिगममा प्रशासक नियुक्त गर्ने आदेश जारी गऱ्यो। यस फसेलासितै सिलगढ़ी नगरनिगममा अब प्रशासनिक व्यवस्था अन्तर्गत कार्य सञ्चालन शुरू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा