बेलदामा स्मार्ट मीटरको विरोधमा एबीईसीएको प्रदर्शन, प्रतिकृति जलाएर विरोध व्यक्त
बेलदामा स्मार्ट मीटरको विरोधमा एबीईसीएको प्रदर्शन, प्रतिकृति जलाएर विरोध व्यक्त


पश्चिम मेदिनीपुर, 23 जून (हि.स.)। बिजुलीको स्मार्ट मीटर जड़ान गरिएको विरोधमा जिल्लाको बेलदा शहरमा मङ्गलवार अल बङ्गाल इलेक्ट्रिसिटी कन्ज्यूमर्स एसोसिएशनद्वारा विरोध मार्च तथा प्रदर्शन गरियो।

सङ्गठनको आह्वानमा आयोजित यस कार्यक्रममा शहरका विभिन्न क्षेत्रहरूबाट ठूलो सङ्ख्यामा आएका बिजुली उपभोक्ता अनि सङ्गठनका सदस्यहरू सामेल भएका थिए। प्रदर्शनकारीहरूले बेलदा शहरका प्रमुख मार्गहरू हुँदै मार्च निकाले अनि स्मार्टमीटर लागू गर्ने फसेलाको विरोधमा नाराबाजी गरे।

प्रदर्शन अवधि स्मार्ट मीटरको प्रतिकृति जलाएर प्रतीकात्मक विरोध दर्ता गरियो। सङ्गठनको पक्षबाट भनियो, स्मार्ट मीटर लागू हुनाले आम उपभोक्ताहरूमाथि अतिरिक्त आर्थिक बोझ थपिनसक्छ अनि बिजुली सेवासित सम्बन्धित केही समस्याहरू बढ़्नसक्छ।

कार्यक्रममा एबीईसीएका राज्य सचिव सुब्रत विश्वास सहित सङ्गठनका अन्य पदाधिकारी अनि सदस्यहरू उपस्थित थिए। सङ्गठनले सरकारसित यस परियोजनामाथि पुनर्विचार गर्ने माग गरेको छ। सङ्गठनले भन्यो, आम मानिसहरूको हितमा भविष्यमा पनि यो आन्दोलन जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande