विधाननगर पुलिसले तृणमूलका तीन वटा ब्याङ्क खाताहरूबाट पाँच वर्षमा भएको लेनदेनको जानकारी माग्यो
विधाननगर पुलिसले तृणमूलका तीन वटा ब्याङ्क खाताहरूबाट पाँच वर्षमा भएको लेनदेनको जानकारी माग्यो


कोलकाता, 23 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका तीन वटा ब्याङ्क खाताहरूलाई लिएर भइरहेको विवादबीच विधाननगर पुलिसले सम्बन्धित निजी ब्याङ्कहरूसित पछिल्लो पाँंच वर्षभित्रमा भएका सबै लेनदेनको विस्तृत विवरण मागेको छ। पुलिसले खाता खोलेको तिथि, खाता खोल्दा जमा गरिएको दस्तावेज तथा त्यसबेला हस्ताक्षर गर्ने मानिसहरूको जानकारी पनि उपलब्ध गराउन भनेको छ।

यो कारबाही दक्षिण 24 परगनाका एकजना तृणमूल विधायकले गरेको सिकायतको आधारमा गरिएको हो। विधायकले पछिल्लो बिहीवार विधाननगर साइबर अपराध थानामा सिकायत दर्ता गरी आरोप लगाएका थिए, सोही दिन पार्टीका खाताहरूमा अवैध रूपमा अर्जित धनलाई जमा गरियो। उनले पुलिससित तीनै वटा खाताहरूको लेनदेनलाई तत्काल रोक्ने अनि मामिलाको जाँच गराउने माग गरेका थिए।

सिकायत पाएको भोलिपल्टै विधाननगर पुलिसले शरत बोस रोडस्थित एक निजी ब्याङ्कको शाखामा वर्तमान तृणमूल कङ्ग्रेसका तीनै वटा खाताहरूको लेनदेनमाथि रोक लगाउने निर्देश दिएको थियो। पुलिस सूत्र अनुसार यी तीन वटा खाताहरूमा लगभग 440 करोड़ रुपियाँ जमा रहेको छ।

सिकायतकर्ता विधायकले आफ्नो सिकायतमा ब्याङ्क खाता सङ्ख्याको उल्लेख गरेका थिए। तर यो कुरा बताइएको थिएन कि खाता कसको नाममा छ। तथापि निर्वाचन आयोगलाई तृणमूल कङ्ग्रेसद्वारा जमा गरिएका दस्तावेजहरूबाट थाहा लाग्छ कि सिकायतमा सामेल एउटा खाता अखिल भारतीय तृणमूल कङ्ग्रेसको नाममा छ भने अन्य दुई वटा खाता पार्टीको त्रिपुरा र गोवा एकाईको नाममा दर्ता छन्।

यस विवादपूर्व तृणमूल कङ्ग्रेसका पूर्व मन्त्री अरूप विश्वासले शरत बोस रोडस्थित त्यै निजी ब्याङ्कको शाखाले पत्र लेखेर पार्टीका सबै खाताहरूको लेनदेनमाथि रोक लगाउने अनुरोध गरेका थिए। गत 12 जूनमा लेखिएको पत्रमा अरूप विश्वासले स्वयंलाई पार्टीको कोषाध्यक्ष बताएका थिए।

यद्यपि तृणमूल कङ्ग्रेसको ममता समर्थित गुटका प्रवक्ता कुणाल घोषले दाबी गरेका थिए,अरूप विश्वास अब पार्टीको कोषाध्यक्ष होइनन्। किनभने गत पाँच जूनमा सम्पन्न पार्टी कार्यसमितिको बैठकमा शुभाशिष चक्रवर्तीलाई नयाँ कोषाध्यक्ष नियुक्त गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande