निर्वाचन आयोगलाई पठाइयो तृणमूलको पुनर्गठित राष्ट्रिय कार्यसमितिको सूची
निर्वाचन आयोगलाई पठाइयो तृणमूलको पुनर्गठित राष्ट्रिय कार्यसमितिको सूची


कोलकाता, 23 जून (हि.स.)। तृणमूल कङ्ग्रेसकी अध्यक्ष ममता ब्यानर्जीले पार्टीको पुनर्गठित राष्ट्रिय कार्यसमितिको सूची निर्वाचन आयोगलाई पठाएको छ। पार्टी सूत्र अनुसार गए सोमवार दिल्लीस्थित निर्वाचन सदनमा उक्त सूचीलाई पठाइएको छ। यस कदमलाई पार्टीको कमान ममता ब्यानर्जीकै हातमा रहने स्पष्ट सन्देश दिने प्रयासको रूपमा हेरिंदैछ।

घटनाक्रमबीच गए सोमवार नै न्यूटाउनको एक होटलमा ऋतब्रत ब्यानर्जी नेतृत्वाधिन विद्रोही तृणमूल गुटले अलग्गै कार्यसमिति गठित गर्ने घोषणा गऱ्यो। यस गुटको कार्यसमितिमा ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीलाई कुनै स्थान दिइएको छैन। विद्रोही गुटले मध्य हावड़ा विधानसभा क्षेत्रका विधायक अरूप रायलाई अध्यक्ष बनाएको छ।

कालीघाटस्थित तृणमूल नेतृत्वद्वारा जारी सूचीमा ममता ब्यानर्जीलाई पार्टी अध्यक्ष अनि अभिषेक ब्यानर्जीलाई अखिल भारतीय महासचिव बताइएको छ। विधानसभा चुनाउमा पार्टीको खराब प्रदर्शन पश्चात गत 5 जूनमा ममता ब्यानर्जीले कालीघाटस्थित आफ्नो आवासमा बैठक डाकी नयाँ कार्यसमिति गठन गरेकी थिइन्।

तथापि पछि पार्टीभित्र केही नेताहरूले विद्रोह गरेपछि कार्यसमितिमा संशोधन गरियो। पूर्व मन्त्री ज्योतिप्रिय मल्लिकले स्वास्थ्य कारणले पार्टीका सबै पदहरूबाट राजीनामा दिने घोषणा गरेका थिए भने पूर्व मन्त्री अरूप विश्वासको नाम पहिलानै राज्य महासचिवको रूपमा सामेल थियो, तर पार्टी कोषाध्यक्षको रूपमा उनले तृणमूलका तीन वटा ब्याङ्क खाताहरूबाट हुने लेनदेनमाथि रोक लगाउनका लागि ब्याङ्क प्रबन्धनलाी पत्र लेखेका थिए। अरूप विश्वासलाई गए सोमवार ऋतब्रत गुटको बैठकमा पनि देखियो।

बितेको 5 जूनमा गठित कार्यसमितिमा युवा सङ्गठनको अध्यक्षको रूपमा सायनी घोष र महिला शाखाको अध्यक्षको रूपमा माला रायको नाम थियो। दुवै सांसद अब विद्रोही खेमाको साथमा रहेको बताइँदैछ तथा औपचारिक रूपमा नेशनलिस्ट सिटिजन्स पार्टी अफ इण्डियामा सामेल भइसकेका छन्। यसले गर्दा संशोधित कार्यसमितिमा यी नेताहरूलाई स्थान दिइएको छ।

नयाँ कार्यसमितिमा विद्रोही नेताहरूलाई हटाउनका साथै नादिमुल हकलाी सामेल गरिएको छ। तथापि यो स्पष्ट भएको छैन कि गत 5 जूनमा गठित पहिलो कार्यसमितिको सूची निर्वाचन आयोगलाी पठाइएको थियो कि थिएन। यो पनि स्पष्ट हुन सकेको छैन, ममता ब्यानर्जीले पहिलो सूचीको स्थानमा संशोधित सूचीलाई पठाएकी छन् अथवा नवीन कार्यसमितिको जानकारी दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande