गुवाहाटीमा भाड़ाको घरभित्र भेटियो युवतीको शव, जाँचमा जुट्यो पुलिस
गुवाहाटीमा भाड़ाको घरभित्र भेटियो युवतीको शव, जाँचमा जुट्यो पुलिस


गुवाहाटी, 23 जून (हि.स.)। गुवाहाटीको ससल क्षेत्रस्थित एउटा भाड़ाको घरमा एकजना युवतीलाई मृत अवस्थामा पाइएपछि पुलिसले मामिलाको जाँच शुरू गरेको छ। घटना गए सोमवार अबेर राती भएको बताइएको छ।

मृतकाको पहिचान असमको लखिमपुर जिल्ला अन्तर्गत ढाकुवाखाना निवासी पारुलमणि पेगुको रूपमा भएको छ जो पछिल्लो तीन महिनादेखिको त्रिवेणी पथस्थित एउटा भाड़ाको घरमा बस्दै आइरहेकी थिई भने रिलायन्स बीमा कम्पनीमा कार्यरत थिई।

स्थानीय सूत्र अनुसार गए सोमवार बिहानदेखिकै तिनको कोठा बन्द थियो जसले गर्दा वरपरका मानिसहरूलाई शङ्का लाग्यो। परिवारजनले दिनभरि तिनीसित सम्पर्क गर्ने प्रयास गरेको भए पनि तिनको मोबाइल फोन बन्द वा अनुत्तरित रह्यो। राती परिजन तता सरकर्मीहरू कोठामा पुगे जहाँ उनीहरूले कथित रूपमा कोठाभित्र युवतीको शव गलफन्डामा झुण्डिरहेको पाए।

सूचना पाउनसाथ दिसपुर थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लिएर आवश्यक कानूनी प्रक्रिया पूरा गऱ्यो। पुलिसले मामिलाको जाँच गर्दै मृत्युको वास्तविक कारम पत्तो लगाउने प्रयास गरिरहेको छ।

यसबीच मृतकाका केही सहकर्मीहरूले दाबी गरे, उ वर्षौंदेखिएको एकजना विवाहिता पुरूषसित प्रेम सम्बन्धमा थिई। हालैमा मात्र उसलाई ती पुरूष विवाहिता रहेको थाहा लागेको थियो। त्यसपछि उ मानसिक रूपमा रोगग्रस्त थिई। तथापि यी दाबीहरूको जाँच एजेन्सीद्वारा आधिकारिक पुष्टि गरिएको छैन।

मामिलामा एउटा नयाँ मोड़ त्यसबेला आयो जतिबेला तकाम मिसिङ्ग पोरिन केबाङ्ग (टीएमपीके)-का एकजना नेताले आज युवतीको मृत्युलाई लिएर शङ्का व्यक्त गर्दै यसलाई सुनियोजित हत्याको आशङ्कासित जोड़ेका छन्। सङ्गठनले निष्पक्ष, पारदर्शी ्अनि गहन जाँचको माग गरेको छ।

हाल पुलिसले कुनै पनि प्रकारको आपराधिक षड़यन्त्र वा हत्या भएको पुष्टि गरेको छैन। अधिकारीहरूको भनाइ छ, मामिलाका सबै पक्षहरूको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande