भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई स्वागत जनाइने
मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई स्वागत जनाइने


खरसाङ, 23 जून (हि.स.)। भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि दिलाउने पहाडका सुपुत्र एवं फुटबल प्रशिक्षक क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबले भव्य स्वागत जनाउने भएको छ। साफ महिला च्याम्पियनसिपको उपाधि जितेपछि छेत्री पहिलोपटक घर आइरहेका छन्। उनलाई बाघडोगरा हवाई अड्डादेखि नै भव्य स्वागत जनाइने भएको छ।

युकेएफसीले आज आयोजित एक पत्रकार सम्मेलन उक्त जानकारी गराएको हो। पत्रकारहरुलाई सम्बोधन गर्दै सभापति क्यानोट लेप्चा, महासचिव महेन्द्र प्रधान, सह सचिव चिराग तिवारी र सल्लाहकार गोपाल छेत्रीले खरसाङ निवासी पहाडका गौरव एवं भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री आगामी 25 जून, 2026 साँझ 4 बजी बाघडुगरा आइपुग्ने जानकारी गराए।

उक्त दिन छेत्रीलाई भव्य स्वागत गर्न युकेएफसीको टोली हवाई अड्डा जाने बताउॅंदै खरसाङ र पहाडभरिका फुटबलप्रेमीहरुलाई उनको स्वागतको लागि उपस्थित भइदिन अनुरोध गरिएको छ। युकेएफसीका पदाधिकारीहरुले जानकारी गराए अनुसार, केही दिनपछि भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खरसाङमा नागरिक सम्मान गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande