
मुर्शिदाबाद, 24 जून (हि.स.)। जिल्लाको रानीनगरका पूर्व तृणमूल विधायक सौमिक हुसैनको बहरमपुरस्थित गोदामबाट प्रचुर मात्रामा राहत जफत गरिएको मामिला प्रकाशमा आएको छ। बुधवार अपरान्ह डोमकल महकुमा प्रशासन र पुलिस अधिकारीहरूको टीम बहरमपुरको उत्तरपाड़ा मोड़ छेवैमा अवस्थित गोदाममा पुग्यो अनि त्यहाँबाट राहत सामग्री जफत गरी आफूसित लग्यो।
जानकारी अनुसार, जफत गरिएको सामग्रीमा सरकारी राहत वितरको लागि राखिएको तिरपाल,साड़ी, कम्बल सहित अन्य सामान सामेल छन्।
गोदामका एकजना कर्मचारीले बताए, रानीनगरमा पर्याप्त स्थान नभएको कारणले पूर्व विधायकले यी सामग्रीहरूलाी बहरमपुरको यस गोदाममा रखाएका थिए। उनले दाबी गरे, लगभग सात दिनअघि डोमकल महकुमा प्रशासनको पक्षबाट एउटा पत्र पठाइएको तियो जसमा भनिएको थियो, राहत सामग्री वितरणपछि यदि केही सामान बच्यो भने त्यसलाई प्रशासनकहाँ फर्काइनेछ।
सूत्र अनुसार प्रशासनको सोही निर्देश अन्तर्गत बुधवार अधिकारीहरू गोदाममा आए अनि त्यहाँ राखिएका राहत सामग्रीहरूलाई आफ्नो कब्जामा लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा