महानदीदेखि सिविटार हुँदै शिवखोला पुग्ने रोड निर्माण राम्रो नभएको आईजीजेएफको आरोप
महानदीदेखि सिविटार हुँदै शिवखोला पुग्ने रोड निर्माण राम्रो नभएको आईजीजेएफको आरोप


खरसाङ, 24 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको महानदीदेखि सिविटार हुँदै शिवखोला पुग्ने प्रधानमन्त्री ग्राम सडक परियोजनाको रोडको मरमत्ति कार्य पूरा भएको बोर्ड लगाइएको भए तापनि सडकको अवस्था एकदमै सोचनीय रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) का भरत तामाङले आरोप लगाएका छन्।

आईजीजेएफ टोलीले आज महानदीदेखि सिविटार हुँदै शिवखोलासम्म पुग्ने रोडको निरीक्षण भ्रमण गऱ्यो। तामाङले रोडको अवस्था विषयमा भने, 9 जून, सडक निर्माणको कार्य 2025 देखि शुरु भएर 5 जून, 2026 मा सकिएको बोर्ड लगाइएको छ। तर, रोडको अवस्था हेर्दा रोड बनाउनुका सट्टा भत्काएको जस्तो देखिन्छ। रोडमा ड्रेन पनि एउटै बनाइएको छैन। उनले रोड बनिएको तीन महिनामै गाडी कुद्न सक्ने अवस्था नरहेको बताएका छन्। उनले सम्बन्धित विभागले झट्टै जाँच गर्नुपर्ने माग गरेका छन्।

उनले भने, यस रोडको अवस्थाबारे ठेकदारलाई मात्र दोष दिन सकिॅंदैन। यस रोडको विषयमा सम्बन्धित विभागले पनि छानबिन गर्नुपर्छ। उनले हालैमा निर्माण गरिएको रोडको अवस्था फोर ह्विल गाडी पनि कुद्नु कठिन पर्ने रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande