खरसाङका सन्दीप प्रधानले दिए भाजपा बुथ सचिवको पदबाट राजीनामा
सन्दीप प्रधान


खरसाङ, 24 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को खरसाङ नगरपालिका वार्ड नम्बर 9 को बुथ नम्बर 192 का सचिव सन्दिप प्रधानले पदबाट राजीनामा दिएका छन्। भाजपाले जीटीए नै सञ्चालन गर्न लागिरहेको आरोप लगाउॅंदै उनले राजीनामा दिएका छन्।

आफ्नो राजीनामा विषयमा एउटा भिडियो जारी गर्दै सन्दीप प्रधानले भने, दार्जिलिङका सांसद राजु विष्टले जीटीएलाई 360 करोड फण्ड आवण्टन गरिएको बयान दिएका छन्। यस कारण खरसाङ नगरपालिको वार्ड नम्बर 9 को बुथ नम्बर 192 का बुथ सचिव पदबाट राजीनामा दिइरहेको छु।

उनले भने, भाजपालाई गोर्खाहरुले 2009 देखि भोट दिएको हो। जनताले जीटीएको लागि भोट दिएका होइनन्। जनताले भाजपालाई जीटीए जस्तो व्यवस्थाको लागि भोट दिएका होइनन्। गोर्खाहरुको स्थायी राजनीतिक समाधान, गोर्खाल्याण्ड अथवा युटीका लागि समर्थन गरेका हुन्।

उनले अहिले आएर भाजपाले फेरि जीटीए नै सञ्चालन गर्न लागिरहेको आरोप लगाए। यस कारण आफुले बुथ सचिवको पदबाट राजीनामा दिइरहेको बताए। उनले भने, 360 करोडको लागि जनताले भाजपालाई भोट दिएका होइनन्। हामीलाई पीपीएस के हो त्यो पनि स्पष्ट पारिदिनुपर्छ। हाम्रो लागि पीपीएस भनेको गोर्खाल्याण्ड अथवा युटी हो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande