
गुवाहाटी, 24 जून (हि.स.)। अरुणाचल प्रदेशकोतल्लो सुबनसिरी जिल्लामा घना वर्षा तथा अचानक आएको बाढ़ीबाट उत्पन्न भइहेको स्थितिमाथि असम सरकारले नियालिरहेको छ। भनिन्छ, यसको प्रभाव असमका केही जिल्लाहरूमा पनि पर्नेछ।
गुवाहाटीको क्षेत्रीय मौसम विज्ञान केन्द्र (आरएमसा) औ इटानगरको मौसम विज्ञान केन्द्रबाट प्राप्त जानकारी अनुसार तल्लो सुबनसिरी जिल्लाको यजाली स्टेशनमा पछिल्लो 24 घण्टामा लगभग 72.8 मिमी वर्षा दर्ता गरियो। यसमा सबैभन्दा अधिक 24 जूनको बिहान 06:00 बजेदेखि 09:00 बजेबीच भयो। स्याटेलाइट र रडारका तस्वीरहरूबाट थाहा लाग्छ, बिहान 6 बजेदेखि 7:30 बजेबीच मुसलधारे वर्षाभयो जसबाट अचानक बाढ़ी आयो अनि माथिल्लो जलग्रहण क्षेत्रमा नदीहरूको प्रवाहमा व्यापक वृद्धि भयो।
पन्योर लोअर हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट जसलाई पहिला रङ्गानदी हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको नामले चिनिन्थ्यो, क्षेत्रमा अचानक बाढ़ी आएको समाचार छ। पानीको प्रवाहमा अचानक वृद्धि भएको कारणले अपरेशनल उपाय गरियो अनि अतिरिक्त पानीलाई छोड़्नको लागि एउटा स्पिलवे गेट खोलियो। याजालीबाट प्राप्त खबर मुताविक अचानक आएको बाढी र अवशेषहरूको बहाउबाट प्रभावित क्षेत्रहरूमा घर अनि आधारभूत ढाँचालाई नोक्सान पुऱ्याएको छ।
माथिल्लो जलग्रहण क्षेत्रहरूमा घना वर्षा तथा नदीहरूको बढ्दो बहाउलाई मध्यनजर गर्दै असमका तल्लो क्षेत्रहरूमा ब्रह्मपुत्र र यसका सहायक नदीहरूको जलस्तर अनि प्रवाहको गति बढ़्ने आशङ्का छ। बाढ़ीको छालले सबैभन्दा धेमाजी, लखिमपुर, बिस्वनाथ र शोणितपुर जस्ता जिल्लाहरूलाई प्रभावित पार्ने आशा छ। त्यसपछि यो अन्य जिल्लाहरू हुँदै अगाड़ि बढ़्नेछ अनि आगामी एक-दुई दिनभित्रमा धुबड़ीसम्म पुग्नेछ।
राज्यको यस्तो स्थितिमाथि सबैभन्दा माथिल्लो स्तरमा नजर राखिँदैछ। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको निर्देशमा असमका मुख्य सचिवले सबै सम्बन्धित अधिकारीहरूसित बातचित गरेका छन्। उनले अदिकारीहरूलाई पूर्ण रूपले सतर्क रहने तथा सबै आवश्यक तयारी उपाय सुनिश्चित गर्ने निर्देश दिएका छन्। सम्भावित रूपमा प्रभावित जिल्लाहरूका जिल्ला प्रशासन अनि सम्बन्धित विभागहरूसित भनिएको छ कि उनीहरूले कड़ा निगरानी राखुन् अनि समयमै बचाउ तथा राहत उपाय गरुन्। एसडीआरएफ, एनडीआरएफ तथा अन्य इमरजेन्सी रेसपोन्स एजेन्सीहरूका टीमहरूलाई तैनाथ गर्नको लागि तयार राखिएको छ। साथै धरातलीय स्तरका अधिकारीहरूलाई नदिहरूको अवस्था र जोखिमपूर्ण स्थानहरूमा कड़ा नजर राख्ने निर्देश दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा