
नवादा, 24 जून (हि.स.)। जिल्लामा अपराधीहरू विरुद्ध कड़ा कारबाही गर्दै पुलिसले बुधवार दंगा सहित विभिन्न घटनामा संलग्न 28 अपराधीहरूलाई पक्राउ गरेको छ। सबैलाई जेल पठाइएको छ।
नवदाका पुलिस अधीक्षक (एसपी) अभिनव धीमानले भने, हत्या, डकैती, बलात्कार र दंगा जस्ता गम्भीर अपराधमा संलग्न 28 अपराधीहरू जो लामो समयदेखि फरार थिए, उनीहरू पक्रा परेका छन्।
उनले भने, समाजमा शान्ति पुनर्स्थापना गर्न पुलिसले ठूलो अभियान चलाएको छ। यस अभियान अन्तर्गत अपराधीहरूलाई पक्राउ गरिएको छ। पक्रा परेका अपराधीहरूले आफ्नो अपराध स्वीकार गरेका छन्।
पक्रा परेका अपराधीहरूले दिएको जानकारीपछि धेरै रहस्यमय घटनाहरू पनि खुलेका छन्। पुलिस अधीक्षकले भने, आफ्नो जिम्मेवारी अन्तर्गत सबै स्टेशन प्रमुखहरूलाई अपराधीहरूलाई सकेसम्म चाँड़ो पक्राउ गर्न निर्देश दिइएको छ। पालना नगर्नेहरू विरुद्ध कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी