
सिलगढ़ी, 24 जून (हि.स.)। दार्जीलिङ जिल्लाको नक्सलबाड़ी ग्राम पञ्चायतमा विकास कार्य अनि जनसेवा योजनाहरूमा कथित अनियमितताहरूलाई लिएर बुधवार ठूलो राजनीतिक विवाद उत्पन्न भएको छ। भारतीय जनता पार्टी (भाजपा)- का कार्यकर्ता अनि समर्थकहरूले पञ्चायत प्रधानलाई घेरेर व्यापक विरोध प्रदर्शन गरे।
बताइए अनुसार घटनाको समयमा पञ्चायत प्रधान कार्यालयमा उपस्थित थिएनन्, तर उप-प्रधानको अनुपस्थितिलाई लिएर भाजपा कार्यकर्ताहरूमा अझ बढ़ी असन्तुष्टि देख्न पाइयो। प्रदर्शनकारीहरूले उप-प्रधानको तत्काल राजीनामाको माग गर्दै ‘चोर-चोर’ -को नारा लगाए तथा तृणमूल कङ्ग्रेसको बोर्डमाथि लक्षित गरे।
प्रदर्शनकारीहरूको आरोप छ, पञ्चायतमा पिउने पानी, सड़क, नाली निर्माण तथा आवास जस्ता केही कल्याणकारी योजनाहरूमा व्यापक भ्रष्टाचार भएको छ। उनीहरूको भनाइ छ, जनताको ट्याक्सको पैसाको सही उपयोग गरिएन जसबाट आम मानिसहरूमा आक्रोश बढ़्दै गइरहेको छ। साथै भाजपा समर्थकहरूले नक्सलबाड़ी बजारमा फुटपाथ अतिक्रमण हटाउने, सोलिड वेस्ट म्यानेजमेन्ट परियोजनामा थुप्रिएको मैलाको शीघ्र निस्तारण तथा पञ्चायत फण्डको उपयोगमा पारदर्शिता ल्याउने माग उठाए। बस स्ट्याण्डमा कथित असुलीलाई लिएर पनि विरोध व्यक्त गरियो।
भाजपा नेतृत्वले चेताउनी दिएका छन्, यदि चाँड़ै कारबाही भएन भने आन्दोलनलाई अझ तीव्र बनाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा