
इटानगर, 24 जून (हि.स.)। अरुणाचल प्रदेशका केही भागहरूमा बुधवार बिहान भएको घना वर्षाले केयी प्यान्योर जिल्लाको छेउमा पोसा गाउँ, पिटापुल अनि नेपको कलोनीमा ठूलो नोक्सान पुऱ्याएको छ जसले गर्दा आम जनजीवन अनि यातायात व्यवस्थामाथि प्रभाव पारेको छ।
स्थानीय मानिसहरू मुताविक लगातार वर्षाको कारणले कतिपय क्षेत्रमा पैह्रो जानको साथै माटो काटिएको छ जसबाट प्रभावित क्षेत्रहरूमा सड़क अनि त्योसित सम्बनन्धित आदारभूत ढाँचालाई ठूलो नोक्सान पुगेको छ।
पैह्रो तथा अवशेषहरू जमा भएको कारणले पोटिन र पोसालाई जोड़्ने मुख्य सड़क धेरै वटा ठाउँमा बन्द भएको छ फलस्वरूप आवागमन बाधित भएको छ। यस बाधाको कारणले दिनहुँ ओहोर-दोहोर गर्ने अनि क्षेत्रमा आवश्यक सामान तथा सेवाहरूको आवागमन प्रभावित भएको छ जसले गर्दा मानिसहरूलाई समस्या भइरहेको छ।
अधिकारी अनि स्थानीय मानिसहरूले क्षय-क्षतिको जायजा लिरहेका छन्। आशा छ, चाँड़ै सड़क सम्पर्क बहाल गर्नको लागि मरम्मतको काम शुरू गरिएको छ। यसबीच यात्री अनि स्थानीय मानिसहरूलाई प्रशासनले सल्लाह दिएको छ, उनीहरूले अघिल्लो सूचनासम्म पोटिन-पोसा मार्ग भएर आवागमन नगरुन्। वर्तमान मौसमलाई ध्यानमा राखेर सतर्क रहने अपील मानिसहरूसित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा