
बरपेटा (असम), 24 जून (हि.स.)। बरपेटा रोड शहरको मुख्य सड़कमा आम मानिसहरूको गलाबाट चेन थुतेर आतङ्क मचाउने दुई चतुर चोरलाई अन्ततः बुधवार मानिसहरूले समातेर पुलिसलाई सुम्पिदिए। सुनको चेन थुतेर भागिरहेका दुवै चोरहरूको पहिचान अनिकेत कुमार र रविन्द्र कुमारको रूपमा गरिएको छ। चोरहरूले प्रयोग गरेको बाइक (एएस-14जी-1715) लाई पनि स्थानीय मानिसहरूले जफत गरे।
पुलिस सूत्रले बताएको छ, घटना अनुसार आज बरपेटा जिल्लाको बरपेटा रोडको गहरी बजार क्षेत्रमा हिँड़िरहेका अरविन्द घोष उपनाम शम्भु नामक युवकको गलाको चेन थुत्ने प्रयास गर्दा युवकले बाइकमा आएक चोरहरूलाई समात्यो। यसबीच मानिसहरूले दुवै चोरलाई मरूञ्जेल कुटे अनि पछि पुलिसलाई सुम्पिदिए।
सूत्रानुसार बितेको राती दुवै चोर बबुपाराको राजपथदेखि सुबिर साहा नामक एकजना व्यक्तिको सुनको चेन चोरेर भागेका थिए। यस अतिरिक्त केही दिनअघि पनि यी दुवै चोरहरूले अर्को व्यक्तिबाट सुनको चेन थुतेका थिए।
वर्तमानमा दवै चोरहरूलाई बरपटा रोड एफआरयू अस्पतालमा उपचारको लागि भर्ती गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा