भारत-यूके एफटीए लागू हुनअघि असम र यूकेले सहयोगको रोडम्यापमाथि चर्चा गरे
भारत-यूके एफटीए लागू हुनअघि असम र यूकेले सहयोगको रोडम्यापमाथि चर्चा गरे


गुवाहाटी, 24 जून (हि.स.)। असमका मुख्य सचिव रवि कोटाले बुधवार यहाँ ब्रिटिश डिप्टी हाई कमिश्नर एण्ड्रयू फ्लेमिङ्गसित बैठक गरे। यस बैठकको उद्देश्य आगामी महिना लागू हुने भारत-यूके फ्री ट्रेड एग्रीमेन्ट (एफटीए) हुनअघि असम र यूनाइटेड किङ्गडमबीच सहयोगलाई सशक्त बनाउनु थियो।

बैठकमा निवेशलाई प्रेरित गर्नको लागि, निर्यात बढ़ाउने, टेक्नोलोजीलाई अप्नाउने, इन्फ्रास्ट्रक्चरको विकास र कौशल विकास जस्ता क्षेत्रहरूमा सहयोग बढ़ाउनको लागि एक रणनीतिक रोडम्याप तयार गर्नेमाथि ध्यान दिइयो।

मुख्य सचिव अनुसार यो चर्चा भारत-यूके एफटीएको सन्दर्भमा भएको हो जुन आगामी 15 जुलाई, 2026-देखि लागू हुन गइरहेको छ। उनले भने, असमको परिवर्तनशील आर्थिक माहोलले यूनाइटेड किङ्गडमसित गहिरो सम्बन्धको लागि ठूलो अवसर प्रदान गर्छ।

ब्रिटिश प्रतिनिधिमण्डलले असम पावर डिस्ट्रीब्यूशन कम्पनी लिमिटेड (एपीडीसीएल)- को लागि यूके प्याक्ट-समर्थित ब्याट्री एनर्जी स्टोरेज सिस्टम (बीईएसएस)-को आवश्यकताको मूल्याङ्नक अनि विश्लेषणको रिपोर्ट पनि पेश गऱ्यो। यस रिपोर्टमा ग्रिडको विश्वसनीयतालाई मजबुत बनाउन, रिन्यूएबल एनर्जीलाई अप्नाउने, गति बढ़ाउने औ असमको क्लीन एनर्जी ट्रान्ज़िशन (स्वच्छ ऊर्जा तर्फ परिवर्तन)-मा मद्दत गर्नको लागि सुझाउ दिइएको छ।

दवै पक्षले गुवाहाटीमा असम-यूके इन्फ्रास्ट्रक्चर राउण्डटेबलको योजनामाथि पनि चर्चा गरे। यस प्रस्तावित प्लेटफर्मबाट सस्टेनेबल शहरीकरण, ट्रान्सपोर्ट, बाढ़सित भिड़्ने क्षमता, जलवायु-अनुकूल इन्फ्रास्ट्रक्चर औ प्रोजेक्ट डिलीभरीमा पार्टनरशिपलाई प्रोत्साहन गर्ने आशा छ जसमा यूके एक्सपोर्ट फाइनेन्ससित सम्भावित सम्बन्ध पनि सामेल छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande