
गुवाहाटी, 24 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार बताए, असम पुलिसले नलबाड़ी ज़िल्लामा 1.48 करोड़ रुपियाँको संदिग्ध हेरोइन जफत गऱ्यो भने यस मामिलामा दुई जना मानिसहरूलाई पक्राउ गरियो।
मुख्यमन्त्रीले बताए, नलबाड़ी पुलिसका जवानहरूले नशालु पदार्थ विरोधी अभियानमा 16 वटा साबुनदानीमा लुकाएर राखिएको 211.5 ग्राम संदिग्ध हेरोइन जफत गरे।
सोशल मीडिया प्लेटफर्म 'एक्स'- मा पोस्ट शेयर गर्दै मुख्यमन्त्रीले भने, यस खेपलाई स्थानीय समुदायसम्म पुऱ्याउनअघि नै रोकियो। अभियानको लागि नलबाड़ी पुलिसको प्रशंसा गर्दै उनले भने, थप अर्को खेपलाी हाम्रो समुदायमा विष घोल्न अगावै रोकियो।
अधिकारीहरूले बताए, जफत गरिएको नशालु पदार्थको अनुमानित मूल्य अवैध बजारमा लगभग 1.48 करोड़ रुपियाँ रहेको छ। यस अवधि दुई जना तस्करहरूलाई पक्राउ गरियो।
यस अवैध खेपको श्रोत पत्तो लगाउन अनि तस्करीको नेटवर्कमा सामेल अन्य मानिसहरूलाी चिन्हित गर्नको लागि अग्रिम जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा