आँखाको उपचारको लागि विदेश जाने अनुमतिमाथि तत्काल सुनवाई गर्ने अभिषेकको माग खारेज
आँखाको उपचारको लागि विदेश जाने अनुमतिमाथि तत्काल सुनवाई गर्ने अभिषेकको माग खारेज


कोलकाता, 24 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव एवं लाेकसभा सांसद अभिषेक ब्यानर्जीको आँखाको उपचारको लागि विदेश जाने सम्बन्धि मामिलामा तत्काल सुनवाई गर्ने मागलाई कलकत्ता उच्च अदालतले बुधवार खारेज गरिदियो।

न्यायमूर्ति सौगत भट्टाचार्यले स्पष्ट पारे, यो मामिला सामान्य प्रक्रिया अन्तर्गत नै सुनवाईको सूचीमा आउनेछ। तत्काल सुनवाई सम्भव छैन।

अभिषेक ब्यानर्जीले विदेश यात्राको अनुमति माग्नका लागि गए मङ्गलवार न्यायमूर्ति भट्टाचार्यको अदालतमा आवेदन प्रस्तुत गरेका थिए। उनका अधिवक्ताहरूले मामिलाको चाँड़ै सुनवाई गर्ने माग गरेका थिए। भनिन्छ, अभिषेक आँखाको उपचार गर्न सात दिनसम्मको लागि विदेश जान चाहन्छन्।

जानकारी अनुसार अभिषेक ब्यानर्जीको विदेश जानेमाथि सामान्य रूपमा कुनै प्रतिबन्ध छैन। तथापि उनको नामसित सम्बन्धित केही मामिला न्यायालयमा विचाराधिन छ भने यी मामिलाहरूमा उनलाई जाँच एजेन्सीहरूलाई सहयोग गर्ने निर्देश दिइएको छ। यसैकारण उनले उपचार गर्ने उद्देश्यले विदेश यात्राको लागि न्यायालयको अनुमति मागेका छन्।

उल्लेखनीय छ, अक्टोबर, 2016-मा मुर्शिदाबादमा एक दलगत कार्यक्रमबाट कोलकाता फर्किँदा अभिषेक ब्यानर्जी सड़क दुर्घटनाको शिकार भएका थिए।, त्यसपछि उनले देशका केही अस्पतालहरूमा उपचार गराएपछि विदेशमा गएर पनि आँखाको उपचार गराएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande