स्थायी पुलको अभावमा बाँसको सहारामा आवागमन गर्न बाध्य मानिसहरू
स्थायी पुलको अभावमा बाँसको सहारामा आवागमन गर्न बाध्य मानिसहरू


पश्चिम मेदिनीपुर, 24 जून (हि.स.)। मेदिनीपुर जिल्लाको चन्द्रकोणा-दुई ब्लक अन्तर्गत भगवन्तपुर क्षेत्रमा केठिया नदीमाथि निर्मित काठको पुल पाँच वर्षअघि बाढ़ीले बगाएपछि अहिलेसम्म पुनर्निर्मित हुन सकेको छैन। बर्खाको मौसममा नदी पार गर्नका लागि स्थानीय मानिसहरूलाई ठूलो कठिनाईको सामना गर्न परिरहेको छ।

जानकारी अनुसार वर्ष 2014- मा लगभग 22 लाख रुपियाँको लागतमा तत्कालीन पञ्चायतद्वारा केठिया नदीमा काठको पुल बनाइएको थियो। वर्ष 2018-को वर्षामा पुल क्षतिग्रस्त भयो जसको मरम्मत गराइएको थियो, तर वर्ष 2021-को बाढ़़ीमा पुल पूर्ण रूपमा बगायो। त्यसपछि स्थायी पुल निर्माणको दिशामा कनै ठोस पहल गरिएन।

स्थानीय मानिसहरू मुताविक पञ्चायतद्वारा हालैमा माटो लगाएर अस्थायी बाटो बनाइएको थियो, तर पछिल्लो केही दिनको लगातार वर्षाको कारणले नदीको जलस्तर बढ़ेर बाटो फेरि भत्कियो। त्यसपछि ग्रामीणहरूले आफै पहल गरेर भत्किएको भागमा बाँसको अस्थायी मचान बनाएर आवागमनको व्यवस्था गरेको छ।

यस पुलको अभावमा चाशीबाड़ी, कृष्णपुर, धरमपोता, चैतन्यपुर र पांचामी समेत केही गाउँका मानिसहरूलाई 10-15 किलोमीटर अतिरिक्त दूरी तय गर्नु परिरहेको छ। स्थानीय सिराजुल खानले बताए, यसै मार्गबाट बाल-बालिकाहरू स्कूल-कलेज जान्छन् तथा बजार र अस्पताल पुऱ्याउनको लागि पनि एकमात्र मार्ग हो।

भगवन्तपुर-एक पञ्चायतका उपप्रधान अशरफुल इस्लाम मल्लिकले बताए, यहाँ स्थायी पुल निर्माणको माग लामो समयदेखिकै गरिँदै आएको छ।पूर्व सरकारले दुई वटा पुललाई स्वीकृति दिएको थियो, तर कार्य शुरू हन सकेन।

स्थानीय निवासी रामकृष्ण धरले भने, यो समस्या धेरै पुरानो हो। उनले प्रशासनसित कुरा गरेर बर्खामा मानिसहरूलाई राहत दिलाउनको लागि आवश्यक कदम उठाउने आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande