
पूर्व मेदिनीपुर, 24 जून (हि.स.) महिषादल क्षेत्रमा साढ़े तीन वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा एकजना वद्धलाई पुलिसले पक्राउ गरेको छ। घटनाको विरोधमा बुधवार बिहान स्थानीय मानिसहरूले आरोपीलाई कड़ा सजाय दिने माग गर्दै हल्दिया-मेचेदा 116 नम्बर राष्ट्रिय राजमार्गलाई जाम गरिदिए। पछि पुलिसले आश्वासन दिएपछि प्रदर्शन फिर्ता लिइयो।
पुलिस तथा स्थानीय सूत्र अनुसार महिषादलको कपासएड़िया क्षेत्रमा एकजना वृद्ध व्यक्तिको खानाको पसल छ। त्यसको छेवैमा वृद्धको साइकल मरम्मत गर्ने पसल छ। दुई परिवारबीच पछिल्लो लामो समयदेखिकै सुमधुर सम्बन्ध रहिआएको छ। गए मङ्गलवार राती लगभग साढ़े आठ बजे आरोपी वृद्धले बालिकालाई घुमाउने बहानामा आफूसित लिएर गयो। लगभग राती नौ बजे उसले बालिकालाई घरमा छोड़ेर गयो।
परिवारका सदस्यहरूले बालिकाको स्थिति देखेर उसित शारीरिक अत्याचार भएको आशङ्का व्यक्त गरे। त्यसपछि तुरून्तै बालिकालाई महिषादलको बसुलिया ग्रामीण अस्पतालमा भर्ती गरियो। घटनाको सम्बन्धमा परिवारजनले महिषादल थानामा लिखित सिकायत दर्ता गराए। सिकायत पाएपछि पुलिसले तत्काल कारबाही गर्दै आरोपी वृद्धलाई पक्राउ गऱ्यो।
घटनापछि बुधवार बिहान क्षेत्रकोस्थिति तनाउपूर्ण भयो। ठूलो सङ्ख्यामा स्थानीय मानिसहरू तथा महिलाहरू हल्दिया-मेचेदा 116 नम्बर राष्ट्रिय राजमार्गमा बसे अनि आरोपीविरूद्ध कड़ा कारबाही गर्ने मागमा प्रदर्शन गर्न थाले। सड़क जाम भएको कारणले बस अनि मालवाहक वाहनहरूको लामो ताँत लाग्यो। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिस घटनास्थलमा पुग्यो। ुपछि पुलिस अधीक्षक अंशुमान साहाले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित बातचित गरी मामिलामा कड़ाकारबाही गर्ने आश्वासन दिए। त्यसपछि लगभग 45 मिनटपछि स्थानीय मानिसहरूले सड़क जामलाई समाप्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा