जीओसी मेजर जनरल राजेश मिश्रले राज्यपाल माथुरसँग शिष्टाचार गरे
राज्यपाल र जीओसी राजेश मिश्र


गान्तोक, 24 जून (हि.स.)। भारतीय सेनाको २७ माउन्टेन डिभिजनका जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल राजेश मिश्र, एसएमले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेटवार्ता गरे।

लोक भवनका अनुसार, यस भेटका क्रममा भारतीय सेनाद्वारा सञ्चालन भइरहेका ‘मिशन सद्भावना’ तथा ‘रणभूमि दर्शन’ कार्यक्रमहरूको प्रगतिबारे विस्तृत छलफल भएको थियो।

राज्यपालले राष्ट्रको सुरक्षाका लागि भारतीय सेनाले देखाएको साहस, समर्पण र योगदानको उच्च प्रशंसा गरे। साथै, स्थानीय नागरिकहरूको कल्याणका लागि सेनाले सञ्चालन गरिरहेका सामाजिक तथा जनहितकारी कार्यक्रमहरूको सराहना गर्दै लोकभवनका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande