गुवाहाटीमा दुई संदिग्ध बङ्गलादेशी हिरासतमा, जाँच जारी
गुवाहाटीमा दुई संदिग्ध बङ्गलादेशी हिरासतमा, जाँच जारी


गुवाहाटी, 24 जून (हि.स.)। गुवाहाटीको पल्टन बजार क्षेत्रमा अवस्थित एउटा लजमा स्थानीय मानिसहरूले संदिग्ध बङ्गलादेशी नागरिकहरूलाई समाते। यी बङ्गलादेशी नागरिकहरू वैध यात्रा दस्तावेज बिनै भारतमा प्रवेश गरेको आरोप छ।

पल्टन बजार पुलिस सूत्रले आज बतायो, यो घटना बबी लजमा भएको हो जहाँ यी दुई बङ्गलादेशीहरू बसेका थिए। भनिन्छ, स्थानीय मानिसहरूलाई शङ्का लागेको कारणले दुवैलाई हिरासतमा लिए अनि पछि पुलिसलाई सुम्पिदिए।

शुरुआती जानकारी मुताविक दुवै व्यक्ति वैध यात्रा दस्तावेज बिनै भारतमा आएका थिए। शुरूआती जाँचबुझमा हिरासतमा लिइएका मानिसहरूले बताए, उनीहरू हृदय डेका नामक एकजना एजेन्टको माध्यमबाट भारतमा आएका थिए।

पुलिसले दुवै मानिसहरूलाई हिरासतमा लिएर मामिलाको विस्तृत जाँच शुरू गरेको छ। अधिकारीहरूले कथित रूपमा सहयोग गर्ने व्यक्तिको भूमिकाको जाँच गरिरहेका छन् साथै यो पनि पत्तो लगाउने प्रयास गरिरहेका छन् कि क्या देशमा गैर-कानूनी रूपमा प्रवेश गराउनमा कुनै ठूलो नेटवर्क सामेल हुनसक्छ? अग्रिम जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande