
नयाँ दिल्ली, 24 जून (हि.स.)। दिल्लीको लोक निर्माण विभाग (पीडब्ल्यूडी)- का मन्त्री प्रवेश साहिब सिंहले बुधवार मोती नगरमा लेदो निकाल्ने (डीसिल्टिङ्ग) कामको निरीक्षण गरे। यस अवधि उनीसित भारतीय जनता पार्टी (भाजपा)-का विधायक हरीश खुराना र विभागीय अधिकारीहरू पनि उपस्थित थिए।
मन्त्री प्रवेश साहिब सिंहले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै भने, मनसुनपूर्व हाम्रा अधिकारी, सीनियर अधिकारी तथा चीफ इञ्जीनियरहरूले दिल्लीभरि नै सड़कमा बनिएको पीडब्ल्यूडीको स्टर्मवाटर ड्रेन (वर्षाको पानी निकाल्ने नाली) -बाट लेदो निकाल्ने कामको निगरानी गरिरहेका छन्। हामीसित दुई वर्षको मेनटेनेन्स कन्ट्र्याक्ट छ। तर हामीले जबसम्म आफै घटनास्थलमा पुगेर कामको निरीक्षण गर्दैनौं तबसम्म हामीलाई वास्तविक स्थितिको बारेमा छ थाहा लाग्दैन। उनले अझ भने, आज कीर्ति नगर र मोती नगरको भ्रमणावधि यो सुनिश्चित गर्न निर्देश दिइयो कि सबै काम समयमै अनि श्रेष्ठ ढङ्गा पूरा गरिनेछ।
विधायक हरिश खुरानाले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै बताए, आज मोती नगर विधानसभा क्षेत्र अन्तर्गत कीर्ति नगरस्थित सतगुरु रामदास मार्गको मन्त्री प्रवेश साहिब सिंहसित निरीक्षण गरियो। यस अवधि क्षेत्रमा जलभराउको समस्या, सड़कको वर्तमान स्थिति, जल निकासी व्यवस्था तथा अन्य जनसुविधाहरूसित सम्बन्धित विषयहरूको विस्तृत जायजा लिइयो। सम्बन्धित अधिकारीहरूसित समस्याहरूको स्थायी अनि समयबद्ध समाधान गर्नको लागि आवश्यक कदम उठाउने निर्देश दिइयो।
विधायक हरीश खुरानाले भने, क्षेत्रवासीहरूको सुविधा, सुचारु आवागमन औ उत्कृष्ट आधारभूत संरचना सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो। जनसमस्याहरूको समाधान अनि मोती नगर विधानसभाको समग्र विकासको लागि हामी पूर्ण प्रतिबद्धताको साथमा निरन्तर कार्यरत छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा