उपराज्यपालले अपराधमाथि कड़ा नियन्त्रण राख्ने निर्देश दिए
उपराज्यपालले अपराधमाथि कड़ा नियन्त्रण राख्ने निर्देश दिए


नयाँ दिल्ली, 24 जून (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले बुधवार दिल्ली पुलिस मुख्यालयमा पुलिसका वरिष्ठ अधिकारीहरूसित भेट गरी कामकाज र कल्याणसित जोड़िएका मुख्य प्राथमिकताहरूको समीक्षा गरे। उनले पुलिस बललाई अपराधमाथि कड़ा नियन्त्रण राख्ने निर्देश दिँदै महिला, बाल-बालिका तथा बुजुर्गहरूको सुरक्षामाथि विशेष ध्यान दिने आग्रह गरियो।

अधिकारीहरूलाई लगातार कौशल बढ़ाउने, पुलिसिङ्गको उत्कृष्ट शैली अप्नाउने, एआई र ड्रोन जस्तो नयाँ तकनिकहरूको प्रयोग गर्ने अनि कम्युनिटि पुलिसिङ्ग तथा जानकारी जुटाउनमा आरडब्लूए र मार्केट एसोसिएशनलाई सक्रिय रूपमा सामेल गर्ने निर्देश दिए। यो जानकारी उनले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा साझा गरे।

उपराज्यपालले ट्राफिक नियमहरूलाई कड़ाईपूर्वक लागू गरेर ट्राफिकको चुनौतीहरूको सामना गर्ने आवश्यकतामाथि बल दिए, विशेष गरी गलद दिशामा वाहन हाँक्ने अनि अधिक जाम हुने स्थानहरूमा साथै सड़क उपयोग गर्नेहरूमा सकारात्मक व्यवहार परिवर्तनलाई प्रेरित गर्ने कुरा गरे। उनले पुलिसकर्मीहरूको कल्याण, बलमा महिलाहरूको सहभागिता बढ़ाउने अनि पुलिस आवासीय परिसरहरूलाई 'जीरो-वेस्ट' कलोनीमा परिणत गर्ने महत्वमाथि प्रकाश पारे।

उपराज्यपालले यसमाथि पनि बल दिए, सशक्तिकरणसँगसँगै जवाफदेही र सार्थक परिणाम पनि हुनुपर्छ। सम्पूर्ण पुलिस बललाई आफ्नो पूर्ण समर्थन दिने भरोसा दिलाए, किनभने उनले नयाँ सङ्कल्प लिएर काम गरिरहेका छन् ताकि दिल्लीका हरेक निवासीले अधिक सुरक्षित र श्रेष्ठसेवाको अनुभव गर्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande