
नयाँ दिल्ली, 24 जून (हि.स.)। दक्षिण दिल्लीको मालवीय नगर मेट्रो स्टेशनको छेउमा गए मङ्गलवार अबेर राती एउटा द्रूत गतिको स्विफ्ट कार अनियन्त्रित भएर डिभाइडर र रूखसित ठोक्कियो। यस घटनामा 6 जना युवक-युवतीहरू घाइते भए जसमध्ये दुी जनाको अवस्था गम्भीर रहेको बताइएको छ। पुलिसले मामिला दर्ता गरी दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
दक्षिणी जिल्लाका पुलिस उपायुक्त अनन्त मित्तलले बताए, अबेर राती दुर्घटना भएको सूचना प्राप्त भयो। जाँच अधिकारी र पुलिस टीम तत्कालै प्रेस एन्क्लेभ रोडस्थित मालवीय नगर मेट्रो स्टेशनको छेउमा पुग्यो। घटनास्थलमा क्षतिग्रस्त स्विफ्ट कार भेटियो जुन सड़क किनार रूख र डिभाइडरसित ठोक्किएकोथियो। पुलिसले क्राइम टीमलाई बोलाएर घटनास्थलको निरीक्षण गरी प्रमाण जुटायो। जाँचमा थाहा लाग्यो, दुर्घटना मङ्गलवार राती लगभग 11:40 बजे भएको थियो। दुर्घटनामा घाइते सोनू कनौजिया (21), अनिश कनौजिया (26) औ प्रिन्स कुमार (19)-लाई म्याक्स अस्पतालमा भर्ती गरियो। तीनै सङ्गम विहारका निवासी हुन्। पछि पुलिसलाई म्याक्स स्मार्ट अस्पतालबाट पनि सूचना प्राप्त भयो जहाँ यसै दुर्घटनामा घाइते छवि चोपड़ा (20), विक्की गुप्ता (35) र सोनू (26)-लाईभर्ती गरिएको थियो जसमध्ये छवि र विक्कीलाई गम्भीर चोट लागेको छ भने अर्को एकजना घाइतेको मेडिकल रिपोर्टलाई अहिले सुरक्षित राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा