
सिलगढ़ी, 24 जून (हि.स.)। सिलगढ़ीको इस्टर्न बाइपासस्थित बानेश्वर मोड़ क्षेत्रमा बुधवार भएको सड़क दुर्घटनामा एकजना बाइक चालक युवकको मृत्यु भयो। यो खबर लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन।
स्थानीय सूत्र मुताविक युवक बानेश्वर मोड़देखि आशिघर मोड़ तर्फ गइरहेको थियो। बानेश्वर मोड़ पार गरेको केही क्षणमै एउटा द्रूत गतिको लरीले उसलाई कुल्चियो जसले गर्दा उसको मृत्यु भयो। सीसीटीभी फुटेजको जाँचमा देखिएको छ, युवकले बाइक चलाइरहेको बेला फोनमा कुरा गरिरहेको थियो।
पुलिसको प्राथमिक अनुमानमा यसै लापरवाहीको कारणले यो दुर्घटना भएको हो। घटनाको सूचना पाएर आशिघर सब-ट्राफिक गार्ड अनि पुलिस घटनास्थलमा पुग्यो। शवलाई पोस्टमर्टम गर्नको लागि सिलगढ़ी जिल्ला अस्पतालमा पठाइएको छ। दुर्घटनापछि ट्रक चालक वाहन समेत भागेको छ। पुलिसले सीसीटीभी फुटेजको जाँच गरी आरोपी चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा