
गुवाहाटी, 24 जून (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-ले गत 17 जूनको दिन 14:22 बजे हाफलङ्ग ग्रिड सब-स्टेशन (जीएसएस)-देखि न्यू हाफलङ्ग ट्र्याक्शन सब-स्टेशन (टीएसएस) सम्म 132 केवी ट्रान्समिशन लाइनलाई सफलतापूर्वक चालु गऱ्यो। यो रेल बिजुलीकरणको मिशनमा एक उल्लेखनीय सफलता हो।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले बताए, ट्रान्समिशन लाइन चालु हुनाले रणनीतिक रूपमा महत्वपूर्ण लामडिङ्ग-बदरपुर हिल सेक्शनमा रेल बिजुलीकरण परियोजनाको एक अहम भाग पूरा भएको छ। न्यू हाफलङ्ग ट्र्याक्शन सब-स्टेशन चालू हुनाले यस चुनौतीपूर्ण पहाड़ी रूटमा इलेक्ट्रिक ट्रेन चलाउने दिशामा एक प्रमुख कदम हुनेछ। यो रूट बराक भ्याली र पूर्वोत्तर राज्यहरूलाई देशका बाँकी भागहरूसित जोड़्ने एक महत्वपूर्ण रेल लिङ्क हो।
यो चालु हुनको साथै ट्र्याक्शन पावर सप्लाई इन्फ्रास्ट्रक्चरसित जोड़िएका सबै मुख्य का अब पूरा भएको छ। परियोजना अब आफ्नो अन्तिम चरणमा पुगेको छ र आवश्यक जाँच, निरीक्षण अनि ट्रायल रन पूरा भएपछि आगामी सप्ताहमा यस सेक्शनमा इल्केट्रिक ट्रेन चलाउने आशा छ।
लामडिङ्ग-बदरपुर हिल सेक्शनको बिजुलीकरणबाट अपरेशनल क्षमता बढ़्नेछ, जीवाश्म इन्धनमाथि निर्भरता कम हुनेछ, माल परिवहनको क्षमता श्रेष्ठ हुनेछ, मेन्टेनेन्स खर्च कम हुनेछ अनि पर्यावरण अनुकूल रेल सञ्चालनमा ठूलो सहयोग पुग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा