भूमि कटाउले बालुरघाटको फतेपुरमा सन्त्राष व्याप्त
भूमि कटाउले बालुरघाटको फतेपुरमा सन्त्राष व्याप्त


दक्षिण दिनाजपुर, 24 जून (हि. स.)। राज्य बजटमा आत्रेयी नदी र काशिया खाड़ीको तट संरक्षणको लागि 200 करोड़ रुपियाँ आवन्टन गरिएको घोषणाले दक्षिण दिनाजपुरको बालुरघाट ब्लकका मानिसहरूमा आशा जागेको थियो। तर यो घोषणा गरिएको 24 घण्टा नबित्दै धरातलीय वास्तविकताले चिन्ता बढ़ाएको छ। काशिया खाड़ीको तेज कटाउले फतेपुर क्षेत्रको माहोललाई तनाउपूर्ण बनाएको छ। लगातार भइरहेको कटाउको कारणले किसानहरूको जमीन नदीमा समाहित भइरहेको छ जसबाट स्थानीय मानिसहरूमा व्यापक आक्रोश र डर फैलिएको छ। सबैभन्दा ठूलो चिन्ता फतेपुर ब्रिजलाई लिएर हो जुन यस क्षेत्रका मानिसहरूको आवागमनको एकमात्र सहारा हो।

सूत्र अनुसार ब्रिजको पिलर छेउको माटो द्रूत गतिमा बगिरहेको छ जसबाट कुनै ठूलो दुर्घटना हुने आशङ्का बढ़ेको छ। बुधवार स्थानीय मानिसहरूले विरोध प्रदर्शन गर्दै आरोप लगाए, वर्षौंदेखिको स्थानीय प्रशासनलाई समस्यासित अवगत गराउँदै आइरहेको भए पनि कुनै ठोस कदम उठाइएन। अब प्रश्न उठाइरहेका छन्, बजटमा घोषित 200 करोड़ रुपियाँ समयमै यी संवेदनशील क्षेत्रहरूमा खर्च गर्लान् त?

फतेपुरका मानिसहरूको माग छ, ब्रिजलाई बचाउन अनि कटाउलाई रोक्नको लागि युद्धस्तरमा काम शुरू गरियोस् अन्यथा सम्पर्क व्यवस्था बाधित हुनको साथै ठूलो सङ्कट उत्पन्न हुनसक्छ। मामिलालाई लिएर पञ्चायत अनि प्रशासनिक स्तरमा तीव्र खैलाबैला भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande