
बरपेटा (असम), 24 जून (हि.स.)। बरपेटा जिल्ला शहर मुख्यालयको छेउमा ट्रेनको चपेटमा परी दुई जना साथीको घटनास्थलमै मृत्यु भयो। पुलिसले बुधवार बतायो, बरपेटा शहरको आजाद नगरका दुई जना किशोरहरूको मृत्यु ट्रेनको चपेटमा परेर घटनास्थलमै भयो।
मृतकहरूको पहिचान जहाँगीर आलम र मुस्तफा खानको रूपमा गरिएको छ। दुवैको शवलाई रेलवे ट्र्याकको माथिबाट उद्धार गरियो। रेलवे पुलिसले दुवै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा