
मुर्शिदाबाद, 24 जून (हि.स.)। कालीगञ्जमा 6 वर्षीय बालिका तमन्ना खातूनको बम हमलामा भएको मृत्युकाण्डमा पुलिसले गए मङ्गलवार राती थप दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ। यस मामिलामा पक्रा पर्ने आरोपीहरूको सङ्ख्या बढ़ेर 13 पुगेको छ।
पुलिस अनुसार मुर्शिदाबादको रेजीनगर तथा नदिया जिल्लाको पलाशीपाड़ा क्षेत्रबाट जियारुल शेख र साबिर शेख नामक दुई जना आरोपीहरूलाई कालीगञ्ज थाना पुलिसले पक्राउ गऱ्यो।
स्मरण गराइन्छ, 23 जून, 2025-मा कालीगञ्ज विधानसभा उपचुनाउको परिणाम घोषित भएको दिन बम हमलामा परी 6 वर्षीय तमन्ना खातूनको मृत्यु भएको थियो। आरोप थियो, तृणमूल कङ्ग्रेसको विजय ऱ्यालीबाट फालिएको बमको चपेटमा परी बालिकाको मृत्यु भयो। घटनापछि सम्पूर्ण राज्यमा राजनीतिक विवाद तीव्र भएको थियो। यसअघि पुलिसले यस मामिलामा एघार जना मानिसहरूलाई पक्राउ गरेको थियो।
गए मङ्गलवार तमन्नाका आमा सबिना यासमिनले राज्यका वर्तमान मुख्यमन्त्री शुभेन्दु अधिकारीसित भेट गरी छोरीको मृत्युको निम्ति जिम्मेवार सबै मानिसहरूलाई पक्राउ गर्ने माग गरे। मुख्यमन्त्रीले उनलाई कारबाही गर्ने भरोसा दिलाए।
मुख्यमन्त्रीसित भेट गरेको केही घण्टापछि नै थप दुई जना आरोपीहरूलाई पक्राउ गरियो भने रहल अन्य आरोपीहरूलाई पक्राउ गर्नको लागि अभियान सञ्चालन गरिरहेको छ। कृष्णनगर पुलिस जिल्ला प्रशासनले पनि आश्वासन दिएको छ, अन्य आरोपीहरूलाई चाँड़ै पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा