अग्निवीर एयरफोर्सका लागि चयनित युवकको सड़क दुर्घटनामा मृत्य, आज नै ट्रेनिङ्गको लागि जानुथ्यो
अग्निवीर एयरफोर्सका लागि चयनित युवकको सड़क दुर्घटनामा मृत्य, आज नै ट्रेनिङ्गको लागि जानुथ्यो


औरैया, 24 जून (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्ला अन्तर्गत अछल्दा-फफुन्द मार्गमा बुधवार बिहान भएको एक पीड़ादायी सड़क दुर्घटनामा अग्निवीर एयरफोर्सका लागि चयनित युवकको मृत्यु भयो भने तिनका पिता र बहिनी गम्भीर रूपमा घाइते भए। दुर्घटना भएको खबर पाउनसाथ परिवारमा कोकोहोलो मचियो। युवकलाई आज नै ट्रेनिङ्गको लागि बेङ्गलोर तर्फ प्रस्थान हुनुथ्यो। फफुन्द थाना क्षेत्रको खानपुर गाउँ निवासी 20 वर्षीय रामजी आफ्ना पिता श्याम सिंह (50) र बहिनी कुसमा देवी (23)-को साथमा बाइक मार्फत अछल्दा थाना क्षेत्रको छछन्द गाउँमा झाड़-फुक गराउनका लागि गएका थिए। बुघवार बिहान लगभग 6 बजे तीनै घर तर्फ फर्किरहेका थिए। अमेला बम्बाको छेउमा पुगेपछि फफुन्द तिरबाट आइरहेको एउटा दुध लादिएको पिकअपले उनीहरूको बाइकमा भयानक ठक्कर दियो। ठक्कर लागेपछि तीनै जना उछिटिएर पर सड़कमा झरे। दुर्घटनामा रामजीको घटनास्थलमै मृत्यु भयो भने पिता र बहिनी गम्भीर रूपमा घाइते भए। दुर्घटनापछि पिकअप चालक वाहन छोड़ेर घटनास्थलबाट भाग्यो।

घटनाको सूचना पाएर डायल-112 टीम र अछल्दा थाना प्रभारी सुरेश सिंह पुलिस बलको साथमा घटनास्थलमा पुगे। पुलिसले घाइतेहरूलाई एम्बुलेन्सको माध्यमबाट सीएचसी अछल्दा पठाइदियो जहाँ प्राथमिक उपचार पश्चात उनीहरूको गम्भीर अवस्थालाई मध्यनजर गर्दै हायर सेन्टरमा रेफर गरियो।

थाना प्रभारी सुरेश सिंहले बताए, शवलाई औपचारिकता पूरा गरेपछि पोस्टमर्टम गर्नको लागि पठाइएको छ। दुर्घटनाग्रस्त पिकअपलाई कब्जामा लिएर भगौड़ा चालकलाई खोज्न शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande