जलपाईगुड़ीमा प्रधानमन्त्री अनि गृहमन्त्रीका पोस्टरहरूलाई लिएर राजनीतिक बबाल
जलपाईगुड़ीमा प्रधानमन्त्री अनि गृहमन्त्रीका पोस्टरहरूलाई लिएर राजनीतिक बबाल


जलपाईगुड़ी, 24 जून (हि. स.)। पश्चिम बङ्गालको जलपाईगुड़ी शहरमा बुधवार एक विवादित पोस्टरलाई लिएर राजनीतिक खैलाबैला तीव्र भएको छ। यस पोस्टरमा प्रधानमन्त्री र गृहमन्त्री अमित शाहका तस्वीरहरूलाई डोरीले बाँधेर घुमाउँदै गरेको देखिएको छ जसमा जलपाईगुड़ी नगरपालिकाका चेयरम्यान सैकत च्याटर्जीलाई पनि देखिएको छ। पोस्टरमा ठूल्ठूला अक्षरहरूमा लेखिएको छ- “हामीले भुलेका छैनौं।”

भनिन्छ, यो पोस्टर राती अँध्यारोमा शहरका केही महत्वपूर्ण भागहरूमा टाँसिएको हो जसपश्चात राजनीतिक माहोल तातिएको छ। यो तस्वीर केही वर्ष पुरानो रहेको बताइएको छ। फेरि सामु आएकोले विवाद बढ़ेको छ।

भारतीय जनता पार्टी (भाजपा)- को आरोप छ, सस्तो राजनीति अन्तर्गत त्यसबेला यस किसिमको कार्यक्रममा भाग लिइएको थियो भने जनताले अब त्यसैको जवाफ दिरहेका छन्।

यता सैकत च्यटर्जीले सबै आरोपहरूलाई खारेज गर्दै भने, उनको छविलाई धमिल्याउनको लागि सुनियोजित ढङ्गमा पोस्टर लगाइएको छ।

उनको भनाइ छ, उनको कामको सराहना भएकोले केही मानिसहरू असहज स्थितिमा छन्। राजनीतिक उद्देश्यले पुरानो तस्वीरलाई सार्वजनिक गरेर विवाद उत्पन्न गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande