भाजपा सिक्किमको प्रतिनिधिमण्डलले केन्द्रिय पर्यटन मन्त्रीसँग भेट गर्यो, पर्यटन क्षेत्रका लागि थप सहयोगको माग
bjp Sikkim president with tourism minister


गान्तोक, 24 जून (हि.स.)। भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाले प्रदेश महामन्त्री अर्जुन राईसहित आज नयाँ दिल्लीमा केन्द्रीय पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतसँग शिष्टाचार भेटवार्ता गरर। यस भेटका क्रममा प्रतिनिधिमण्डलले केन्द्रिय मन्त्रीसँग सिक्किमको पर्यटन क्षेत्रको विशाल सम्भावना र उदीयमान अवसरबारे विस्तृत छलफल गर्‍यो।

भाजपा प्रतिनिधिमण्डलले हालै सिक्किममा सम्पन्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले राज्यलाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी गरायो। प्रतिनिधिमण्डलले यस पर्यटन सिजनमा सिक्किममा स्वदेशी तथा विदेशी पर्यटकहरूको अभूतपूर्व आगमन भइरहेको र यसले राज्यप्रतिको बढ्दो आकर्षणलाई प्रतिबिम्बित गरेको बतायो।

प्रदेश अध्यक्ष थापाले पर्यटन सिक्किमको अर्थतन्त्रको मेरुदण्ड तथा जनजीविकाको प्रमुख स्रोत भएको उल्लेख गर्दै बढ्दो पर्यटक आगमनलाई ध्यानमा राखेर पर्यटन पूर्वाधार विकास, नयाँ गन्तव्यहरूको प्रवर्द्धन, पर्यटक सुविधाको विस्तार तथा दिगो पर्यटनसम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्न पर्यटन मन्त्रालयबाट थप सहयोग उपलब्ध गराउन आग्रह गरे।

साथै, प्रतिनिधिमण्डलले भविष्यलाई लक्षित रणनीतिहरू तयार गरी सिक्किमको पर्यटन पारिस्थितिकी तन्त्रलाई सुदृढ बनाउन तथा आगामी दिनमा अझ बढी पर्यटकलाई आकर्षित, व्यवस्थापन र सेवा प्रदान गर्न मन्त्रालयको विशेष सहयोग आवश्यक रहेको पनि जनाएको छ।

केन्द्रिय पर्यटनमन्त्री शेखावतले सिक्किमको अपार पर्यटन सम्भावनाको प्रशंसा गर्दै राज्यमा पर्यटन प्रवर्द्धन तथा पर्यटनसम्बन्धी पूर्वाधार सुदृढीकरणका लागि मन्त्रालयको निरन्तर सहयोग रहने आश्वासन दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande