
गान्तोक, 24 जून (हि.स.)। भाजपा सिक्किम अध्यक्ष डीआर थापाले बुधवार प्रदेश महासचिव अर्जुन राईसँगै नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीन र भाजपा राष्ट्रिय महासचिव (सङ्गठन) बीएल सन्तोषसँग भेट गरेका छन्।
भेटको क्रममा सिक्किममा पार्टीसँग सम्बन्धित सङ्गठनात्मक र राजनीतिक मामिलाहरूमा छलफल, सङ्गठनको वर्तमान कार्यप्रणालीको समीक्षा र भविष्यमा आइपर्ने चुनौती र अवसरमाथि छलफल गरिएको भाजपाको प्रचार-प्रसार शाखाद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
सिक्किम नेतृत्वले राष्ट्रिय नेतृत्वलाई राज्यभरि पार्टीको जारी गतिविधि र तृणमूलस्तरको सङ्गठनात्मक प्रयासबारे जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले सङ्गठनलाई अझ सुदृढ पार्ने र जनतामाझ यसको पहुँच विस्तार गर्ने रणनीतिहरूबारे पनि छलफल गरे।
राष्ट्रिय नेतृत्वले सिक्किममा पार्टीको उपस्थिति र प्रभाव बढ़ाउने उद्देश्यले आगामी सङ्गठनात्मक पहलहरूमा बहुमूल्य मार्गदर्शन र निर्देशन प्रदान गरे।
हिन्दुस्थान समाचार / बिशाल